१८ असार, काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा कारोबार गर्ने सबै समुहको सूचक बढेपछि बुधबार नेप्से हरियो बनेको छ । बुधबार नेप्से परिसूचक १५.८८ अंकले बढेर ९७२.४८ अंकमा पुगेको छ ।
यस दिन नेप्सेमा १४ लाख २८ हजार ६ सय कित्ता शेयर ७४ करोड ५३ लाख १२ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । नेप्सेमा कारोबार गर्ने हाइड्रोपावर र इन्स्योरेन्स कम्पनीका शेयर धनीहरुले बुधबार मनग्गे कमाउन सफल भएका छन् ।
बुधबार बैंकिङ समूहको सूचक ६.६६ अंकले बढेको छ भने होटल समूहको ४.५१ अंकले, विकास बैंक समूहको ८.६९ अंकले, हाइड्रोपावर समूहको ८७.२४ अंकले उकालो लागेको छ । त्यस्तै, फाइनान्स समूहको १८.४७ अंकले उकालो लागेको छ भने इन्स्योरेन्स समूहको १८०.६८ अंक र अन्य समूहको ९.४ अंकले उकालो लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4