Comments Add Comment

रेखालाई राम्री बनाउन मन छ: रोजिना

Regina-shrestha-1

सिनेमादेखि म्यूजिक भिडियो अनी कुनै कार्यक्रम होस् या पार्टी, पहिरनमा चासो बढ्दै गएपछि फेशन डिजाइनरहरुको पनि व्यस्तता बढ्दै गएको छ । केही समयअघिसम्म नेपालमा फेशन डिजाइनर बन्नु चुनौतीपूर्ण काम थियो । तर अहिले सबैजना पहिरनमा सजग बन्दै गएपछि उनीहरुको दैनिकी पनि सहज बन्दै छ ।

सानैदेखि फेशनमा रुची राख्ने रोजिना श्रेष्ठ आज फेशन डिजाइनिङमा चर्चित बन्दैछिन् । सुरुमा एक सोरुममा स्टोर म्यानेजरको रुपमा काम गरेकी उनले यसपश्चात फेशन कोर्स गरिन् र कुपन्डोलमा बुटिक खोलिन् । सधै आफू राम्री बनेर हिड्ने सोख उनमा थियो । यसैले उनले अरुलाई पनि आफू जस्तै बनाउने बिचार गरिन् । उनको कायरा बुटिकमा सबैभन्दा पहिला पहिरन तयार पार्न आइन् नायिका अशिष्मा नकर्मी । रजिनाको पहिरनले बजारमा चर्चा पाउँदै गयो । उनी आफूले मान्छे हेरेर डिजाइन गर्ने बताउाछिन् ।

हाल सिटी सेन्टरमा बुटिक संचालन गरिरहेकी रोजिना आफू केही बन्छु भनेर हिडेको यूवती बताउाछिन् । उनले भनिन-‘मैले त्यो बेला पैसाको लागि जागिर खाएको होइन । केही गर्छु भनेर खोजेको थिए, आज केही हदसम्म भएपनि सफल भएको छु ।’उनले आज झरना थापा, संचिता लुइटेल, अशिष्मा नकर्मीलाई आफ्नो पहिरनले सिगार्ने काम गर्छिन् । सेलिब्रेटीहरुसागै उनकोमा विदेशी ग्राहक पनि आउछन् ।

 उनले तयार परेको डिजाइन युके र अमेरिमा बस्ने नेपालीहरुले पनि प्रयोग गर्दै आएका छन् । रोजिनाको फेसबुकपेजमा डिजाइन हेरर विदेशबाट अडर दिने उनको भनाई छ । १७ देखि ४० उमेर समुहका महिलाहरु उनका विशेष ग्राहक हुन् । उनलई आफू ‘ए’ मा पनि होइन, ‘सी’ मा पनि होइन, उत्कृष्टताको हिसाबमा ‘बी’मा पर्छु जस्तो लाग्छ ।

 नेपाली सेलिब्रेटीलाई फेशनको बिषयमा खासै ज्ञान नभएको बताउाछिन् उनी । हलिउड र बलिउडका कलाकारहरुको फेशन स्टाइल हेर्दा आफूलाई मोहित बनाउने उनको भनाई छ । उनलाई नेपालमा करिश्मा मानन्धर र भूवन केसी पहिरन ध्यान राख्ने सेलिब्रेटी हुन् जस्तो लाग्छ । करिश्माले लगाउने पहिरन आफूले सोचेजस्तै हुने उनको तर्क छ ।

उनलाई मानिसहरु बुटिक महंगो हुन्छ भन्ने सोचाई राख्छन् भन्ने लाग्छ । ‘तर यो गलत सोचाई हो । राम्रो पहिरन खोजेपछि त केही महंगो नै हुन्छ तर सोचेजस्तो भने होइन, उनले भनिन् ।

उनलाई नेपालमा पहिरनका बिषयमा नायिका रेखा थापा कमजोर छिन् भन्ने लाग्छ । ‘रेखाले पहिरनमा खासै ध्यान दिन्नन्, मैले सारीमा उनलाई आकर्षक देखाउन सक्छु’, रजिनाको भनाई छ । चाडै नै उनी आफ्नो डिजाइनका साथमा हङकङमा फेशन सो गर्दैछिन् । यो एउटा सफलता हो, रजिनाले खुशी व्यक्त गर्दै भनिन् ।

रोजिनाले तपार पारेको डिजाइनमा नायिका तथा मोडल 

Sanchita

AshismaAsha suwalSwastima Khadka

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment