+
+

एमालेलाई बाबुरामको सुझाव : नयाँ शक्ति बनाऔं

अनलाइनखबर अनलाइनखबर
२०७१ असार २० गते १२:१०

२० असार, काठमाडौं । एकीकृत नेकपा माओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले एमालेको महाधिवेशनले नयाँ शक्ति निर्माणमा योगदान दिनुपर्ने बताएका छन् । नयाँ राजनीतिक शक्ति निर्माणको अभियानमा जुटेका भट्टराईले एमालेको महाधिवेशनबाट पनि सहयोगको अपेक्षा राखेका हुन् ।Baburam

एमालेलाई महाधिवेशन सफलताको शुभकामना दिने क्रममा भट्टराईले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत नेतृत्वको भागबण्डामा भन्दा नयाँ शक्ति निर्माणमा योगदान दिन आग्रह गरेका हुन् । ‘एमाले महाधिवेशन पद र लाभको भागवण्डामा भन्दा गहन वैचारिक-राजनीतिक मुद्दामा केन्दि्रत रहेर देशको नयाँ ऐतिहासिक आवश्यकता पूरा गर्न सक्ने नयाँ शक्ति निर्माणमा योगदान गर्न सकोस्’ भट्टराईले भनेका छन् ।

वि सं १९९७ सालदेखिको सामन्तवाद र निरंकुसता विरोधी राजनीतिक आन्दोलनले अहिले ०७१ सम्म आइपुग्दा पुँजिवादी लोकतान्त्रिक क्रान्तिको एउटा चरण मूलरुपमा पूरा गरेको उनले बताएका छन् । ‘एक्काइसौं शताब्दीको नयाँ समाजवादी क्रान्ति गर्नसक्ने नयाँ शक्तिको निर्माणमा सबै पार्टीभित्रका सिर्जनशील र इमान्दार व्यक्तिहरुले विशेष ध्यान दिऊँ’ भट्टराईले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?