+
+

इरानमा ५ दिने राष्ट्रिय शोक, २८ जुनमा राष्ट्रपति निर्वाचन

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ८ गते ८:३७

८ जेठ, काठमाडौं । राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ ।

गत आइतबार अजरबैजानबाट तबरिज सहरतर्फ गइरहेको बेला राष्ट्रपति रायसी, विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानसहित ६ जना सवार हेलिकप्टर दुर्घटना भएको थियो । दुर्घटनामा सबैको मृत्यु भएको पुष्टि सोमबार मात्र भएको थियो ।

लगत्तै इरानका सर्वोच्च नेता आयोतल्लाह अलि खमेनीले पाँच दिनको राष्ट्रिय शोक घोषणा गरेको बीबीसीले जनाएको छ । इरानका सरकारी सञ्चार माध्यमहरुका अनुसार अब २८ जुनमा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुने छ ।

यसैबीच इरानका उपराष्ट्रपति मोहम्मद मोख्बेरले कार्यवाहक राष्ट्रपतिको रुपमा सत्ता सम्हालेका छन् । इरानको मन्त्रिपरिषदले उपविदेशमन्त्री अली बगेरी कानीलाई कार्यवाहक विदेशमन्त्री नियुक्त पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?