Comments Add Comment

चीनका विद्यार्थीले बनाए विश्वकै सबैभन्दा कुरुप कट्टु कण्डम

सायद जन्मान्तर कायम गर्ने तथा यौनरोगबाट बचाउने नयाँखाले कण्डमको निर्माण गर्न सहयोग मागेको भए अमेरिकी अर्बपति तथा दानी विल गेट्सले लाखौँ डलर दिन्थे होला । तर चीनका विद्यार्थीहरुले भने विल गेट्स सँग दान नमागीकनै एउटा महत्वाकांक्षी परियोजना सुरु गरेका छन् । उनीहरुले यस्तो अनौठो कण्डमको उत्पादन गर्दैछन् जो विश्वको सबैभन्दा कुरुप कण्डम मात्र हुनेछैन, अहिलेसम्मकै सुरक्षित तथा असजिलो कण्डम समेत हुनेछ ।

Condom

चीनको ग्वांग्जाउ प्रान्तस्थित सायथ मेडिकल विश्वविद्यालयकी छात्रा कोंग योंगजियाङले डिजाइन गरेको इरोज प्रोटेक्टर नामको अनौठो कण्डमको व्यवसायिक उत्पादनका लागि उनी सहितका अन्य इन्जिनियर सहपाठीहरु जुटेका छन् । उनीहरुले यो परियोजनाका लागि लगानीकर्ता समेत फेला पारिसकेका छन् । युझेंग इन्भेस्टमेन्ट म्यानेजमेन्ट लिमिटेडले उक्त कण्डम परियोजनाका लागि ३ लाख अमेरिकी डलर आर्थिक सहयोग गर्ने घोषणा गरिसकेको छ ।

र्झलक्क देख्दा यो कण्डम कट्टुमा जोडिएको कण्डम जस्तै देखिनेछ । यौन सम्पर्कका लागि लिंगमा लगाउने कण्डम त हुनेनैछ, त्यसका साथै अण्डकोष छोप्ने झोली समेत हुनेछ र त्यो पेन्टीमा जोडिएको हुनेछ ।

यो कण्डमको डिजाइनरकर्ता छात्राका अनुसार यसले केवल जन्मान्तर तथा यौन सम्पर्कबाट हुने यौन संक्रमित रोगबाट बचाउने मात्र नभै अन्य विभिन्न खाले सरुवा रोगको जोखिमबाट बचाउने बताए । यो कण्डमको अर्को विशेषता के भने यसको बाहिरी तथा भित्री भागमा विशेष चिनिया जडिबुटीको लेपन समेत लगाइएको छ । जसले महिलाको गुप्तांगमा अम्लिय सन्तुलन मिलाउन सहयोग गर्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment