+
+
Shares

गालामा चड्काउने प्रतियोगिता, भिडियो भयो भाइरल (भिडियो सहित)

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ११ गते ११:५०

तपाईंले आजसम्म अनेक खालका प्रतियोगिताका बारेमा सुन्नुभएको होला । तर के गालामा चड्काउने प्रतियोगिता कहीँकतै देख्नु÷सुन्नुभएको छ ?

रुसको क्रास्नोयास्र्कमा हालै गालामा चड्काउने प्रतियोगिता भएको छ । प्रतियोगितामा दुईजना पहलमानको भिडन्तको भिडियो सोसल साइटमा भाइरल बनिरहेको छ, यतिबेला ।

उक्त भिडियोमा नीलो स्वेटर पहिरिएको एकजना दाह्रीवाल पुरुष र सेतो टिसर्ट लगाएको अर्को पुरुषबीच गालामा हानाहान भएको देखिन्छ ।

नीलो स्वेटरवाला पुरुषले यति जोडसँग सेतो टिसर्टवालालाई चड्काउँछन् कि दुई पटकमै पराजित गर्दछन् । चड्कन खाएर रन्थनिएका पराजित व्यक्तिको नाकबाट रगत बगेको देखिन्छ ।

विजेताको नाम वेसिली कामोट्स्की हो । उनले ३० हजार रुबल्स पुरस्कार प्राप्त गरेका छन् ।

साइबेरियामा पर्ने उक्त क्षेत्रमा स्लापिङ्ग च्याम्पियनसीपको आयोजना हुन्छ । जसमा एउटा टेबलको आमने सामने उभिएका दुईजना पुरुषबीच गालामा चट्काउने खेल हुन्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?