Comments Add Comment

करोडौँ पर्ने ग्याजेट : हेर्न सकिएला, किन्न सकिन्न (तस्वीर सहित)

राम्रा ग्याजेटहरु निश्चित रुपमा महंगै हुन्छन् । तर केही ग्याजेटहरु भने राम्राको तुलनामा निकै नै महंगा हुन्छन् । अहिले मोबाइल, स्मार्टफोन तथा अन्य ग्याजेटहरु हाम्रो जिवनको अभिन्न अंग बन्दै गएका छन् । त्यसैले होला ग्याजेट उत्पादक तथा डिजाइनरहरुले सुविधाजनक तथा सुन्दर र महंगा डिजाइनहरु पेश गरिरहेका छन् । नामै चलेका कम्पनीहरुले पनि धनीहरुलाई लक्षित गरि महंगा डिजाइन बजारमा ल्याउने गर्छन् ।

के तपाइँ बजारमा रहेका सबैभन्दा महंगा ग्याजेटको बारेमा जान्न चाहनुहुन्छ ? विश्वका  १०  वटा सबैभन्दा महंगा ग्याजेट यसप्रकार छन् स्

१. आइफोन फाइभ ब्लाक डायमण्ड –  मूल्य डेढ करोड अमेरिकी डलर । १३५ ग्राम २४ क्यारेट सुनको प्रयोग गरिएको छ यसमा । यो बनाउन ९ हप्ता लागेको थियो । यसको च्यासिसमा ६ सय सेतो हिराको प्रयोग गरिएको छ । पछाडिपट्टकिो एप्पलको लोगो ५३ वटा हिराबाट बनेको छ । कालो सुनौलो यो आइफोनमा होम बटनको रुपमा हिराको टुक्राको प्रयोग गरिएको छ । २६ क्यारेटको त्यो बहुमुल्य कालो हिरा जडित उक्त आइफोन विलासीपूर्ण ग्याजेट बनाउने बेलायती कम्पनी स्टुआर्ट हगेजले बनाइदिएको हो ।

iphone5_black_diamond_221105245088_640x360

२.आइप्याड टू गोल्ड हिस्ट्री इडिसन-  मूल्य ७८ लाख अमेरिकी डलर । के इतिहासको टुक्रा जडित आधुनिक प्रविधि चाहनुहुन्छ ?बेलायती कम्पनी स्टुआर्ट हगेजले यस्तो आइप्याड २ बनाएको छ जसमा ६ करोड ५० लाख वर्ष पहिलेको डाइनोसरको हड्डीको प्रयोग गरिएको छ । यतिमात्र कहाँ हो र ? यो ग्याजेटको अघिल्लो प|mेम एमोलाइटबाट बनेको छ, जुन विश्वको सबैभन्दा पुरानो पत्थर हो र साढे ७ करोड वर्ष पुरानो । यसमा १२.५ क्यारेटका ५३ वटा हिराका टुक्रा प्रयोग गरिएका छन् । २ किलो तौलको यो आइप्याडको पछाडिको ढकनी तथा एप्पलको लोगो २४ क्यारेट सुनबाट बनाइएको छ । अहिलेसम्म विश्वमा यस्ता आइप्याड केवल २ वटामात्र बनाइएका छन् ।

ipad gold

३. हार्ट अडियो लाउडस्पिकर-  ४७ लाख अमेरिकी डलरको यो लाउड स्पिकर विश्वको सबैभन्दा महंगो लाउडस्पिकर छ । अमेरिकाको हार्ट अडियो कम्पनीले सन् २०१२ मा यो लाउडस्पिकरको निर्माण गरेको हो । अहिलेसम्म केवल २ जोडी यस्तो स्पिकर बनाइएको छ । यसमा १८ क्यारेटको सुनको प्रयोग गरिएको छ । ५ सेट चाँदीका स्पिकर पनि निर्माण गरिएको छ जसको भाउ ३ लाख १५ हजार डलर छ ।

hart-audio3

४. क्यामेइल डायमण्ड आइप्याड-  १२ लाख अमेरिकी डलर मूल्य । भनिन्छ हिरा भनेको केटीको सबैभन्दा राम्रो साथी । हिराजडित १२ लाख मूल्यको आइप्याडको बारेमा के भन्नुहुन्छ ? यसमा १८ क्यारेट सुन तथा ३ सय क्यारेट हिरा समेत राखिएको छ । यसको होम बटन तथा एप्पलको लोगो पनि हिराबाटै बनाइएको छ । लण्डनको क्यामेइल कम्पनीले बनाएको यो आइप्याडको तौल १ केजी छ ।

camel diamond

५.म्याकबुक एयर सुपि्रम प्लाटिनम इडिसन-  मूल्य ५ लाख डलर । एप्पलका उत्पादन संसारकै सबैभन्दा महंगा उत्पादनमा पर्दछन् । त्यसैले लक्जरी ब्राण्डहरुले समेत एप्पललाई नै रोज्दछन् । आइफोन र आइप्याड मात्र होइन म्याकबुक ल्यापटपलाई पनि लक्जरी कम्पनीहरुले सिँगारिसकेका छन् । स्टुआर्ट हगेजले बनाएको यो म्याक बुक प्लाटिनमबाट बनेको छ । यसको तौल ७ किलो छ । कम्पनीले केवल ५ थान यस्ता म्याकबुक बनाएको छ । यो म्याकबुकमा हिरा जस्ता पत्थर नभएपनि यसको मूल्य भने निकै चर्को छ ।

MacBook-Air-Platinum-Edition-1

 

६. निन्टेन्डो वी सुप्रिम – मूल्य ४ लाख ९७ हजार डलर । गेमर्सका लागि बनाइएको यो विलाशी ग्याजेटको अहिले उत्पादन बन्द भैसकेको छ ।

Nintendo Wii Supreme

 

७. सोनी प्ले स्टेशन थ्री सुप्रिम – मूल्य ३ लाख ३१ हजार ५ सय डलर ।

Sony-PlayStation-3-Supreme

 

८.स्टेनवे लिंडर्फ मोडेल कन्सर्ट स्पिकर- मूल्य  अढाइ लाख डलर ।

Model-LS-Concert-2_710

 

९. डायमण्ड ब्लाकबेरी एमोसु कर्भा – मूल्य २ लाख ४० हजार डलर ।

Diamond-Blackberry-Amosu-Curva3

 

१०. गोल्ड आइप्याड सुप्रिम- मूल्य १ लाख ९० हजार डलर ।

 

ipad-supreme-front

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment