Comments Add Comment

मोदीको नेपाल भ्रमणबारे अर्थमन्त्री र राजदूतबीच छलफल

Ramsaran-Mahat

२० असार, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महत र नेपालका लागि भारतका राजदूत रञ्जित रेबीच अर्थमन्त्रालयमा शुक्रबार भेटघाट भयो । भेटमा उनीहरुबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको तयारीका बारेमा बिस्तृत छलफल भयो ।

भारतका प्रधानमन्त्री मोदी नेपालका प्रधानमन्त्री सुशील कोइरालाको निमन्त्रणामा आगामी साउनको तेस्रो साता नेपालको भ्रमणमा आउँदै छन् । सो भ्रमणको तयारीको अवस्था बुझ्न र द्विपक्षीय हितका बिषयमा कुराकानी गर्न भारतका विदेशी मन्त्री सुषमा स्वराज साउनको दोस्रो हप्ता नेपाल भ्रमणमा आउने भएका छन् । यही विषयमा कुराकानी गर्न नेपालका लागि भारतका राजदूत रे अर्थमन्त्री महतलाई भेट्न अर्थमन्त्रालय आएका हुन् ।

सो अवसरमा अर्थमन्त्री महतले प्रधानमन्त्री सुशील कोइरालाको अमेरिकामा उपचार भैरहेको र चाँडै नै स्वस्थ भएर स्वदेश फर्किन लागेको जानकारी दिए । भारतका सरकार प्रमुखले सन १९९७ यता नेपालको भ्रमण नगरेको उल्लेख गर्दै उनले छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्ने सम्वन्धमा तयारी गरिरहेको जानकारी दिए । उनले छिमेकी मुलुकका नाताले भारतले नेपालको विकास निर्माणमा प्रशस्त सहयोग गरेकोमा धन्यवाद दिँदै भने, आगामी दिनमा नयाँ सरकार आएको सन्दर्भमा भारतबाट नेपालले ठूलो सहयोगको अपेक्षा गरेको छ ।

अर्थमन्त्री महतले राजदूत रेसँग नेपालको जलबिद्युत, काठमाडौं तराई द्रुत मार्ग, हुलाकी राजमार्ग, बैतडीको झुलाघाट पुल र महाकाली पुल तथा क्रिकेट एकेडेमी निर्माणमा सहयोग गर्न आग्रह गरेका छन् ।

भेटका अवसरमा भारतीय राजदूत रेले भारतका प्रधानमन्त्री मोदीको भ्रमणका बखत ठूलो सहयोगको घोषणा हुन लागेको जानकारी दिँदै सो अवसरमा पारस्परिक हितका लागि उठाइनुपर्ने केही बिषयहरु भए अगि्रम जानकारी दिन पनि आग्रह गरे । उनका अनुसार त्यस्ता विषयहरु भएमा विदेशमन्त्री स्वराजको भ्रमणका बखत पनि उठाउन सकिनेछ ।

राजदूत रेले माथिल्लो कणर्ाली, माथिल्लो मस्र्याङदी र अरुण तेस्रोको पावर डेभलपमेन्ट एगि्रमेन्ट पीडीए गर्ने सम्वन्धमा भारत इच्छुक रहेको उल्लेख गरे । सो अवसरमा उनले नेपालको क्रिकेट मैदान निर्माणका लागि भारत सहयोग गर्न तयार रहेको जानकारी दिएका थिए । भेटका अवसरमा पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउने, पशुपतिनाथ क्षेत्रमा धर्मशाला बनाउने, चुरे संरक्षण, नेपाल प्रहरी प्रतिष्ठान लगायतमा भारतको सहयोगका विषयमा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment