+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ सार्वजनिक, दिलीप र निरुतालाई समर्पण

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २८ गते १७:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली चलचित्र ‘ऊनको स्वीटर’ को नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ सार्वजनिक गरिएको छ।
  • गीतमा एलेक्स पारस र परीक्षा लिम्बुको अभिनय र नृत्य देख्न सकिन्छ।
  • गीतलाई चलचित्रका निर्देशक नवीन चौहानले दर्शकको मागअनुसार रिलिज गरेका हुन्।
  • गीत दिलीप रायमाझी र निरुता सिंहलाई समर्पित गरिएको छ।
  • गीतले त्यो युगको नोस्टाल्जिया र रोमान्सलाई समेट्ने दावी गरिएको छ।

काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ को नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ सार्वजनिक गरिएको छ । आज सार्वजनिक गरिएको यो गीतमा एलेक्स पारस र परीक्षा लिम्बुको अभिनय र नृत्य देख्न सकिन्छ ।

दर्शकको मागअनुसार गीत रिलिज चलचित्रका निर्देशक नवीन चौहानले जानकारी दिए । चलचित्रका सुरुवाती दर्शकलाई ‘सरप्राइज’ दिनका लागि यो गीत पहिले नै सार्वजनिक नगरिएको उनको भनाइ छ ।

साथै, यो गीत दिलीप रायमाझी र निरुता सिंहलाई समर्पित गरिएको आर्टमाण्डूले जनाएको छ ।

गीत सार्वजनिक गर्दै आर्टमाण्डूले भनेको छ, ‘चाइनेजो जिन्दगानीमा गीतमार्फत हामी आर्टमाण्डूको नेपाली चलचित्रको स्वर्ण युगप्रतिको हार्दिक श्रद्धा अनि सम्मान हो, जसले नेपाली फिल्मलाई आजको स्थानसम्म पुग्न आधार तय गरेका थिए ।’

गीतले दिलीप रायमाझी र निरुता सिंहलाई समर्पित गरिएको आर्टमाण्डुले जनाएको छ । यो गीतले त्यो युगको नोस्टाल्जिया र रोमान्सलाई समेट्ने दावी गरिएको छ ।

गीतमा सुजन चापागाईँ र सलिना विकको स्वर रहेको छ भने सङ्गीत पनि चापागाईँले नै तयार पारेका हुन् । हर्क साउदको शब्द रचना रहेको गीतको कोरियोग्राफी रोशन बिकले गरेका छन् । गीतको एरेन्ज कुशल सिंह र विकेश बज्रले मिलेर गरेका हुन् ।

शुक्रवारबाट प्रदर्शनमा आएको ‘ऊनको स्वीटर’ ले हलमा उल्लेखनीय व्यापार गरिरहेको छ ।

चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेल लगायतको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?