+
+
Shares

युट्युबमा ‘ऊनको स्वीटर’ रुचाइएपछि विपिन- म पो निःशब्द भाको छु हौ

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १५ गते १६:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'ऊनको स्वीटर'ले २२ जनवरीमा रिलिज भई बिहीबारसम्म युट्युबमा ६६ लाखभन्दा बढी भ्यूज पाएको छ।
  • फिल्मले देशभर १० करोड ६२ लाख ग्रस कमाइ गरेको र भारतमा डेढ करोड भारु कमाएको छ।
  • अभिनेता विपिन कार्कीले दर्शकप्रति आभार व्यक्त गर्दै भने, 'म पो निःशब्द भको छु हौ'।

काठमाडौं । फिल्म र संगीतलाई युट्युबमा भ्यूज पाउन संकट भैरहँदा फिल्म ‘ऊनको स्वीटर’ ले भने दर्शकको लोभलाग्दो साथ पाएको छ । २२ जनवरीमा रिलिज भएको फिल्मले बिहीबारसम्म ६६ लाखभन्दा धेरै भ्यूज पाएको छ ।

यो फिल्म थिएटरमा हिट हुँदै देशब्यापी १० करोड ६२ लाख ग्रस कमाइ गरेको थियो । भारतमा पनि फिल्मले डेढकरोड भारु कमाएको बताइएको छ ।

सांगीतिक सफलताले फिल्मलाई वृहत दर्शकीय वर्गमाझ लैजान सक्यो । फूल, चाइनेजो जिन्दगानीमा, काफ्ले र मखमली जस्ता गीत निकै रुचाइए ।

हलमा चर्चा बटुलेको फिल्मले युट्युबमा पनि त्यस्तै इतिहास दोहोर्‍याएको छ । कमेन्ट सेक्सनमा प्रशंसा बर्सिएका छन् । दोस्रो श्रृंखला बन्नुपर्ने दर्शकको माग छ ।

युट्युबमा फिल्मलाई रूचाइएपछि अभिनेता विपिन कार्कीले भिडियो सन्देशमार्फत दर्शकप्रति आभार व्यक्त गरेका छन् । उनले भनेका छन्, :

‘प्रिय दर्शक, यदी यहाँहरूले धरणीधरलाई माया नगर्नु भएको भए, मैले फूलका निम्ति लेखेका शब्दहरू सायद कागजमै सीमित हुने थिए । ऊनको स्वीटरमार्फत मेरो मौनता, मेरा कमजोरी, मेरो प्रेमलाई तपाईंहरूले देख्नुभयो अनि महसुस पनि गर्नुभयो । म पो निःशब्द भको छु हौ । यस मायाको उत्तरमा म सँग शब्दहरू त कम छन । तर आभार साँच्चै गहिरो छ । अनि प्रेम उत्तिकै गाढा छ । लु धेरै धेरै धन्यवाद छ है । उही तपाईंहरूको धरणीधर ।’

नवीन चौहानको निर्देशनमा बनेको फिल्ममा विपिनसहित मिरूना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सनविक्रम राई, सुनिल पोखरेल लगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?