+
+
Shares
बक्सअफिस :

भदौसम्म ‘ऊनको स्वीटर’ र ‘सैयारा’ले मात्र नेपालमा कमाए १० करोडभन्दा धेरै

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ६ गते १५:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २०८२ साल भदौसम्म नेपाली बक्सअफिसमा दुई फिल्मले मात्र १० करोड रुपैयाँभन्दा बढी कमाइ गरेका छन्।
  • नेपाली फिल्म 'ऊनको स्वीटर'ले ११ करोड ४१ लाख रुपैयाँ ग्रस कमाएको छ र ३ लाख ८७ हजार टिकट बिक्री भएको छ।
  • बलिउड फिल्म 'सैयारा'ले १० करोड १४ लाख रुपैयाँ ग्रस कमाएको छ र ३ लाख ३० हजार टिकट बिक्री भएको छ।

काठमाडौं । २०८२ सालको भदौ महिनासम्म २ फिल्मले मात्र नेपाली बक्सअफिसमा १० करोड रुपैयाँ ग्रसभन्दा धेरै कमाइ गरेका छन् ।

नेपाली भाषाको फिल्म ‘ऊनको स्वीटर’ र हिन्दी भाषाको ‘सैयारा’ले मात्र नेपाली बजारमा यो उपलब्धि हासिल गरेका हुन् ।

विपिन कार्की र मिरुना मगर स्टारर फिल्म ‘ऊनको स्वीटर’को लाइफटाइम कलेक्सन ११ करोड ४१ लाख ३१ हजार ४१० रुपैयाँ ग्रस छ ।

यो फिल्मका ३ लाख ८७ हजार १७५ वटा टिकट बिक्री भएका छन् ।

बलिउड फिल्म ‘सैयारा’ दोस्रो स्थानमा छ जसले १० करोड १४ लाख ९२ हजार ६७४ रुपैयाँ ग्रस कमाइ गरेको छ ।

‘सैयारा’का ३ लाख ३० हजार ६९८ वटा टिकट बिक्री भएका छन् ।

दशैंदेखि चैतसम्मै प्रतीक्षित फिल्मको लाइनअप रहेकाले ती फिल्मले पनि १० करोड भन्दा धेरै कमाउन सक्लान् त ? यो प्रतीक्षाको विषय हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?