+
+
Shares

वीरेन्द्र सभागृहमा कोशी प्रदेशको हिउँदे अधिवेशन, दैनिक भाडा साढे २६ हजार

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकलेको निर्णयअनुसार प्रदेश प्रमुख पर्शुराम खापुङले माघ २५ गतेका लागि प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १५ गते १९:३६

१५ माघ, विराटनगर । कोशी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकलेको निर्णयअनुसार प्रदेश प्रमुख पर्शुराम खापुङले माघ २५ गतेका लागि प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गरेका हुन् ।

बैठक विराटनगरको वीरेन्द्र सभागृहमा बस्नेछ। गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदेशसभा भवन र सचिवालयसहित सरकारी संरचनामा जलेर ध्वस्त भयो । वीरेन्द्र सभागृहलाई जेनजी युवाहरुले नै आगजनी हुनबाट जोगाएका थिए ।

आगजनीले प्रदेश सभा भवन र सचिवालय प्रयोग गर्न नमिल्ने भएपछि ‘गुद्री बजार’ सार्नका लागि निर्माण भएको कटहरी फलफूल तथा कृषि थोक बजारमा सारिएको थियो ।

तर, कटहरीको संरचनामा सभा सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार नभएका कारण विकल्पको रूपमा वीरेन्द्रसभा गृह रोजिएको हो ।

प्रदेशसभा सचिव सुदर्शन खड्काका अनुसार प्रदेशसभाको आफ्नै बैठक कक्ष निर्माणका लागि अहिले ठेक्का प्रक्रिया अगाडि बढेको छ । नयाँ संरचना तयार नहुन्जेलसम्मका लागि अस्थायी रूपमा वीरेन्द्रसभा गृह प्रयोग गरिने उनले बताए । उनका अनुसार बैठक सञ्चालनका लागि प्रदेशसभाले विराटनगर महानगरपालिकालाई मासिक ८ लाख रुपैयाँ शुल्क बुझाउनेछ ।

६ महिनाका लागि गृह भाडामा लिँदा प्रदेश सरकारले कूल ४८ लाख रुपैयाँ महानगरलाई तिर्नुपर्नेछ। यो रकम दैनिक हिसाब गर्दा २६ हजार ६ सय ६७ रुपैयाँ हुन आउँछ । महानगरपालिकासँग सम्झौताका लागि प्रक्रिया अगाडि बढेको बताउँदै खड्काले प्रदेश सभाको संरचना तयार भएपछि आफ्नै भवनमा सर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?