+
+
Shares

’ऊनको स्वीटर’ ओटीटीमा

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ५ गते १२:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘ऊनको स्वीटर’ ओटीटी प्लाटफर्म एमएसएम भिडियोमा रिलिज भएको छ।
  • फिल्मले नेपाली समाजको यथार्थपरक कथा र सशक्त अभिनयले दर्शकलाई आकर्षित गरेको छ।
  • फिल्म देशभरका ४० हलमा ५१ दिनसम्म प्रदर्शन भएको र निर्देशन नवीन चौहानले गरेका हुन्।

काठमाडौं । फिल्म ‘ऊनको स्वीटर’ ओटीटी प्लाटफर्म एमएसएम भिडियोमा रिलिज भएको छ ।

यसवर्ष हलमा उत्कृष्ट कमाइ गरेको फिल्मलाई दर्शकले डिजिटल माध्यममा हेर्न पाउनेछन् ।

आर्टमान्डूले निर्माण गरेको यो फिल्मले नेपाली समाजको यथार्थपरक कथा, सशक्त अभिनय र कर्णप्रिय सङ्गीतले दर्शकलाई आकर्षित गरेको थियो ।

सकारात्मक समीक्षा पाएको फिल्मको निर्देशन र पटकथा लेखन नवीन चौहानले गरेका हुन् ।

फिल्ममा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सनविक्रम राई, भावना खपांगी मगर र सुनिल पोखरेलको अभिनय छ । । गीत सुजन चापागाईँ र सङ्गीत कोविद बज्रले निर्देशन गरेका हुन् ।

फिल्म देशभरका ४० हलमा ५१ दिनसम्म प्रदर्शन भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?