+
+
Shares

प्रदेश सरकारहरूको ९ महिनाको खर्च ८५ अर्ब ४७ करोड

त्यति खर्च गर्दा प्रदेश सरकारहरूको स्रोत परिचालन १ खर्ब ३९ अर्ब ७३ करोड रुपैयाँ देखिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २८ गते १७:४९
प्रतीकात्मक तस्वीर

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.
  • प्रदेश सरकारले चालु आर्थिक वर्षको ९ महिनामा ८५ अर्ब ४७ करोड रुपैयाँ खर्च गरेको छ।
  • प्रदेश सरकारहरूको स्रोत परिचालन १ खर्ब ३९ अर्ब ७३ करोड रुपैयाँ रहेको छ र यसमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व समेत समावेश छ।
  • प्रदेश सरकारहरूले परिचालन गरेको र अन्य स्रोतबाट प्राप्त राजस्व ३५ अर्ब ७ करोड रुपैयाँ रहेको छ।

२८ वैशाख, काठमाडौं । प्रदेश सरकारहरूले चालु आर्थिक वर्ष ९ महिनामा ८५ अर्ब ४७ करोड रुपैयाँ खर्च गरेका छन् ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आव २०८१/८२ को समग्र आर्थिक तथा वित्तीय अवस्था अनुसार चैतसम्म ७ प्रदेश सरकारले ८५ अर्ब ४७ करोड रुपैयाँ बराबर खर्च गरेका हुन् । त्यति खर्च गर्दा प्रदेश सरकारहरूको स्रोत परिचालन १ खर्ब ३९ अर्ब ७३ करोड रुपैयाँ देखिएको छ ।

राष्ट्र बैंकका अनुसार प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व समेत गरी १ खर्ब ४ अर्ब ६७ करोड र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व ३५ अर्ब ७ करोड रुपैयाँ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?