Listen News
0:00
0:30
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रदेश सरकारहरूले चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिकसम्म ४ महिनामा साढे २१ अर्ब रुपैयाँ खर्च गरेका छन्।
- प्रदेश सरकारहरूको कुल स्रोत परिचालन ६० अर्ब ३६ करोड रुपैयाँ रहेको छ।
- नेपाल राष्ट्र बैंकका अनुसार स्रोत परिचालनमा अनुदान र विभाज्य कोषबाट ४७ अर्ब ३ करोड र अन्य स्रोतबाट १२ अर्ब ४८ करोड रुपैयाँ छ।
२९ मंसिर, काठमाडौं । प्रदेश सरकारहरूले ४ महिनामा साढे २१ अर्ब हाराहारी खर्च गरेका छन् ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को समग्र आर्थिक तथा वित्तीय अवस्था अनुसार कात्तिकसम्म ७ प्रदेश सरकारले २१ अर्ब ४१ करोड रुपैयाँ बराबर खर्च गरेका हुन् ।
त्यति खर्च गर्दा प्रदेश सरकारहरूको स्रोत परिचालन ६० अर्ब ३६ करोड रुपैयाँ देखिएको छ ।
राष्ट्र बैंकका अनुसार प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व समेत गरी ४७ अर्ब ३ करोड र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व १२ अर्ब ४८ करोड रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4