Comments Add Comment

झोले विद्यालयका विपक्षी शाहमाथि सात मुद्दा

आरपी सुवेदी

२१ असार, बाँके । झोले विद्यालय, गुरुकुल र मदरसाविरुद्ध लामो समयदेखि लडिरहेका बाँकेको राँझा स्रोत केन्द्रका विद्यालय स्रोत व्यक्तिविरुद्ध सातौं मुद्दा परेको छ । बाँके आदर्श उमावि स्रोतकेन्द्र राँझाका स्रोत व्यक्ति सुनिल शाहमाथि झोले विद्यालयका विरुद्ध अडान लिएकै कारण ७ वटा मुद्दा खेप्न बाध्य छन् ।

उनीमाथि सातै मुद्दा झोले विद्यालय र गुरुकुल चलाउँदै आएको आरोप लागेका बाँके बसुदेवपुर-१ आलानगरका विरेन्द्रप्रसाद गुप्ताले विभिन्न मिति र शीर्षकमा दायर गरेका हुन् । स्रोत व्यक्ति शाहले गुप्ताले हुँदै नभएका गुरुकुल र विद्यालयको तथ्याङ्क प्रमाणित गर्न दवाव दिएपछि उनले सञ्चालनको अनुमति लिएका विद्यालय अनुगमन गर्दा विद्यालयको बारेमा केही फेला नपरेपछि गुप्ता आफूविरुद्ध एकोहोरो खनिएको आरोप लगाए ।

गुप्ताले रामजानकी नेराप्रवि मनिकापुर-६ नयाँबस्ती, पुष्पान्जली प्रावि वसुदेवपुर-१ आलानगर, महाभारत गुरुकुल आश्रम बसुदेवपुर, आलानगर, महाभारत गुरुकुल आश्रम बसुदेवपुर-४ मन्नीपुर, महाभारत गुरुकुल आश्रम सितापुर-६ शान्तिटोल र महाभारत गुरुकुल आश्रम साइगाउँ बढैया-२ बढैयाको सञ्चालन अनुमति लिएको जिल्ला शिक्षा कार्यालय बाँकेको तथ्याङ्कले देखाएको छ ।

गुप्तामाथि उनले किर्ते गरेर ति अनुमतिहरु लिएर झोले विद्यालय चलाएको आरोप छ । झोले विद्यालयको बिरोध गर्ने स्रोतव्यक्ति शाहलाई गुप्ताले निरन्तर विभिन्न मुद्दा हाल्दै कानुनी बाटोमा अल्झाउँदै आएका छन् । २०६९ जेष्ठमा पुनरावेदन अदालतमा उत्प्रेषणयुक्त परमादेश सहितको अन्तरिम आदेश, २०६९ जेष्ठमा नै अन्तरिम आदेशसहित निषेधज्ञा रिट हालेको थिए । परामदेश सहितको अन्तरिम आदेशमा गुप्ताले जिते ।

त्यस्तै २०६९ असारमा अन्तरिम आदेश सहित निषेधाज्ञा, २०६९ साउनमा गुप्ता फेरि जिल्ला अदालत बाँकेमा शाह विरुद्ध गाली बेइज्जती मुद्दा हाले । २०७० कार्तिकमा परमादेश सहितको अन्तरिम आदेश, २०७० पौषमा अदालतको अपहेलना र २०७१ जेठमा अधिकारपृच्छा र परमादेश सहित रिट निवेदन शाह विरुद्ध गुप्ताले हालेका छन ।

यति मध्ये पहिले मुद्दा गुप्ताले जितेका छन् । अदालतको अपहेलना, अधिकारपृच्छा र परमादेश सहित रिट निवेदन अदालतमा विचाराधिन अवस्थामा छन् । स्रोत व्यक्ति शाह सहित जिल्ला शिक्षा कार्यालयलाई समेत विपक्ष बनाएर मुद्दा हालिए भए पनि कतिपय मुद्दामा शाहले आफैले कानुन व्यवसायी राखेर मुद्दा लड्दै आएका छन् । शाहविरुद्ध मुद्दा हाल्ने गुप्ता ठगि र किर्तेको अभियोगमा गुप्ता ९ महिना जेल जीवन विताइसकेका छन । अख्तियारमा पनि गुप्ता विरुद्ध मुद्दा चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment