Comments Add Comment

वैज्ञानिकले बनाए हावाबाट चल्ने कार

दशकौँदेखि कार निर्माताहरुले पूर्ण रुपमा वातावरणमैत्री इन्धनको खोजी गरिरहेका छन् । यसैबीचमा एक कम्पनी यसमा सफल भएको छ । जसले यस्तो प्रविधि पत्ता लगाएको छ जहाँ कारलाई गुड्नको लागि हावा पर्याप्त हुनेछ ।

प|mान्सेली कम्पनी प्युजिओटले बनाएको अत्याधुनिक कार प्युजिओट २००८ हाइबि्रड एयर अहिलेसम्मका कारहरुमध्ये सबैभन्दा बढि वातावरण मैत्री रहेको दाबी गरिएको छ ।

CAR1

यो कारमा पूरानै पेट्रोल इन्जिन रहनेछ जो हाइड्रोलिक एयर मोटर तथा पम्पसँग जोडिनेछ । जब कार गुड्छ तब बाहिरको हावा भित्र सिलिण्डरमा पम्प हुन्छ, बेलुन फुलेजस्तै । यसक्रममा पेट्रोल इन्जिनको अतिरिक्त उर्जा तथा पांग्रा र ब्रेकबाट उत्पन्न हुने उर्जा समेत प्रयोग हुनेछ । त्यसपछि त्यो हावा हाइड्रोलिक मोटर घुमाउन सिलिण्डरबाट छाडिन्छ । मोटर घुमेसँगै पांग्रा पनि चल्न थाल्छ । यसरी यो कार हावा र निकै कम पेट्रोल तथा दुबैको हाइबि्रडबाट चल्नेछ ।

कम गतिमा कार चलाउन शुन्य प्रदुषणयुक्त वायु उर्जाको मात्र समेत प्रयोग गर्न सकिन्छ । ४३ किलोमिटर प्रतिघण्टा भन्दा कम गतिमा कार गुडाउनुपर्दा वायु उर्जामात्रै खपत हुन्छ । तर जब गति बढाउनुपर्छ वा पहाड चढ्नुपर्छ तब पेट्रोल इन्जिनबाट पेट्रोलको उर्जा समेत प्रयोग हुन्छ ।

CAR2

अहिले बजारमा रहेका टोयोटा पि्रयस जस्ता हाइबि्रड कारहरु पनि यस्तै वातावरणमैत्री दाबी गरिएपनि त्यसमा प्रयोग हुने ब्याट्री निकै महंगा र ठूलो हुने तथा त्यस्ता ब्याट्री बिगि्रएपछि नष्ट गर्न असजिलो हुने र त्यसको वातावरणीय असर समेत हुने हुन्छ । केवल ब्याट्रीबाट मात्र चल्ने कारले समेत कहिलेकाहीँ चार्ज सकिएर ड्राइभरलाई धोका दिने खतरा हुन्छ । यस्तो अवस्थामा हावा र पेट्रोलबाट चल्ने यस्ता हाइबि्रड कार निकै उपयुक्त हुने दाबी कम्पनीको छ ।

प|mेन्च कम्पनीले निर्माण गरेको प्युजिओट कारमा ब्याट्री हुँदैन । साथै गति कम गर्दा र ब्रेक लगाउँदा नष्ट भएको उर्जा पुनः प्रयोग हुने प्रणाली समेत यसमा हुन्छ ।

यो कार सन् २०१६ देखि बजारमा आउने बताइएको छ । यो कारले हावा र पेट्रोल दुबै प्रयोग गर्ने भएकाले यसले पेट्रोलको खपत निकै कम गर्नेछ । १ लिटर पेट्रोल प्रयोग गरी ४० किलोमिटर सम्म कार गुडाउन सकिनेछ ।

झण्डै १ सय जना वैज्ञानिकले पछिल्लो ३ महिना गहन अनुसन्धान गरी यो कार निर्माण गरेका हुन् । यसको माइलेज अझै बढाइने र सन् २०२० सम्ममा १ लिटर पेट्रोलबाट ५० किलोमिटर सम्म गुड्ने प्रविधिको विकाश गरिने कम्पनीको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment