Comments Add Comment

मिडिफिल्ड मास्टरमाइन्ड

Bastian-Schweinsteiger

सेन्ट्रल मिडफिल्डर बास्टियन स्वान्स्टाइगर सन् २००४ देखि जर्मन टिमका नियमित सदस्य हुन् । राइट फुटेड स्वान्स्टाइगर ब्राजिलमा तेस्रो विश्वकप खेलिरहेका छन् । घरेलु टोली ब्राजिलविरुद्ध मैदान उत्रँदा २९ वर्षीय प्लेमेकर टोलीको मुख्य सदस्य हुनेछन् ।

सन् २००४ मा डेब्यू गरेका उनले जर्मनी राष्ट्रिय टिमका लागि १०६ क्याप जितेका छन् र २३ गोल गरेका छन् । उनीसँग राम्रो ड्रिब्लिङ, बलकन्ट्रोल, सही पासको राम्रो क्षमता छ । उनी राम्रो ट्याकलिङमा पिन माहिर छन् । सन् २०१३ मा जर्मनको उत्कृष्ट खेलाडी घोषित बास्टियन स्वान्स्टाइगर मिडिफिल्ड मास्टरमाइन्ड समेत उपनाम दिइएको छ । प्रशिक्षक लो भने उनलाई जर्मन टोलीको द ब्रन भन्न रुचाउँछन् ।

२००६ को विश्वकपमा तेस्रो स्थानका लागि भएको खेलमा उनले पोर्चुगलविरुद्ध लङ रेन्जबाट दुई गोल गरेका थिए । उनले ११ वर्षदेखि जर्मन च्याम्पियन बार्यन म्युनिखबाट ब्यवसायिक फुटबल खेल्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment