Comments Add Comment

‘आवेग’मा मिलनको कसलाई छुने चाहना ?(भिडियो)

milan-amatya-geet-recording-in-aabeg

‘विजयपथ’ र ‘राजनीति’ सिनेमा निर्देशन गरेका वसन्त निरौला अब अर्को चलचित्रको काममा व्यस्त हुने भएका छन् । उनले निर्देशन गर्न लागेको नयाँ चलचित्रको नाम ‘आबेग’ राखिएको छ । चलचित्रको गीत रेकडिङसँगै काम सुरु गरिएको छ ।

गायिका मिलन अमात्यले हालै मात्र प्रस्तुतकर्ता समेत रहेका सूर्य कार्कीको शब्दमा तयार भएको गीत ‘चाहे मार या बचाउ’मा आफ्नो आवाज दिएकी छिन् । मिलनको आवाजमा समावेश यो गीतमा धिरज श्रेष्ठले संगीत भरेका छन् ।

यमन म्यूजिक र वी.एन फिल्मस्को प्रस्तुतीमा बन्न लागेको चलचित्रका सबै कलाकार पक्का भैसकेका छैनन् । केही दिनमा कलाकार समेत पक्का गर्ने निर्माणपक्षको भनाई छ । चलचित्रको छायांकन साउन १५ गतेबाट सुरु हुनेछ । चलचित्रको छायांकन काठमाण्डौसँगै मुस्ताङ र सिक्किममा गर्ने योजना निर्माणपक्षको छ ।

चलचित्रलाई प्रेम र एक्सनको मिश्रण भनिएको छ । गायिका मिलन अमात्यले आवाज दिएको ‘चाहे मार या बचाउ’ गीत यहाँ प्रस्तुत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment