Comments Add Comment

अनमोलसँग भिडन्तबारे सलिन भन्छन्–‘मेरो प्रतिस्पर्धा नम्बर १ सँग’

नायक सलिनमान बनियाँलाई यतिबेला चर्को दबाब छ । उनी अभिनित चलचित्र ‘यात्रा’ चैत्र २९ गतेबाट रिलिज हुँदैछ । यो मितिमा नायक अनमोल केसी अभिनित चलचित्र ‘ए मेरो हजुर ३’ पनि रिलिज हुँदैछ ।

यो मितिमा अनमोल र सलिनको भिडन्त हुने भएपछि धेरैले प्रतिस्पर्धाको रुपमा पनि लिएका छन् । सलिन यो कुरा स्विकार पनि गर्छन् । चलचित्र ‘यात्रा’को ट्रेलर रिलिज कार्यक्रममा सलिनले भने–‘बरु म हार्छु, तर भाग्दिनँ । मेरो प्रतिस्पर्धा पनि नम्बर १ सँग होनीत । नम्बर १ सँग हार्दा पनि केही असर पर्दैन ।’

सलिनले फुटबलमा विश्व चर्चित भएपनि रोनाल्डो, मेस्सी जस्ता खेलाडीले पनि खेल हार्ने गरेको उदाहरण दिए । तर, यसले उनीहरुको करिअरलाई असर नपरेको सलिनको भनाई थियो । नायक अनमोल केसीलाई अहिलेको नम्बर १ नायकको उपमा दिदै सलिनले आफू उनीसँग जुध्नका लागि तयार भएको स्पष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment