Comments Add Comment

यसकारण खतरामा छ सामसुङको मोबाइल बिजनेस

दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङले सोमवार सार्वजनिक गरेको कम्पनीको वित्तिय प्रतिवेदन आशा गरिएभन्दा खराब थियो, निकै खराब ।

सामसुङले आफ्नो संचालन मुनाफा ७ अर्ब १० करोड अमेरिकी डलर रहेको जनाएको छ जुन अघिल्लो वर्षभन्दा २४ प्रतिशतको गिरावट हो । जबकी विश्लेषकहरुले ७ अर्ब ९० करोड डलरको मुनाफा अनुमान गरेका थिए ।

तथ्यांक अनुसार वाषिर्क हिसाबमा सामसुङको बिक्रि १० प्रतिशतले घट्दै ५१ अर्ब ३७ करोड अमेरिकी डलरमा झरेको छ ।

वास्तवमा सामसुङले आफ्नो उच्चस्तरको स्मार्टफोन बजारमा एप्पलले कब्जा गरेको बजार खोस्न संघर्ष गरिरहेको अवस्था छ तर यो बजार निकै तिब्र रुपमा संतृप्त बन्दैछ । त्यस्तै निम्नस्तरीय तथा मध्यम स्तरीय उत्पादनमा चिनिया स्मार्टफोन निर्माताहरुसँग प्रतिस्पर्धा गर्नु परिरहेको छ । चिनिया स्मार्टफोनहरु सस्तो हुनुका साथै ब्राण्डेड कम्पनीजस्तै काम र रुपमा समेत दुरुस्त छन् ।

यस अवस्थामा सामसुङले भोग्नु परेको समस्या कुनै अनौठो होइन । फेब्रुअरीमा स्पेनको बार्सिलोनामा मोबाइल फोन उद्योगको विश्व सम्मेलन वल्र्ड मोबाइल कंग्रेस भएको थियो । त्यहाँ शोरुममा एन्ड्रोइड फोन जताततै थिए र सस्तो स्मार्टफोन निर्माता कम्पनीले बनाएका सामसुङ स्मार्टफोन जस्तै स्मार्टफोन समेत मज्जाले बिक्रि भैरहेका थिए ।

एन्ड्रोइड सर्वव्यापी भैसकेको छ । विभिन्न बेनामे कम्पनीहरुले समेत एन्ड्रोइडबाट चल्ने आफ्ना स्मार्टफोन बनाइरहेका छन् र यसमा नोकिया, यान्डेक्स जस्ता ठूला कम्पनी समेत अछुतो छैनन् ।

samsung

बजारमा एप्पलको नक्कल गरी कमै मात्र नक्कली स्मार्टफोन भएपनि सामसुङको नक्कल निकै भएको छ र विभिन्न कम्पनीहरुले सामसुङको डिजाइन र नाम समेत नक्कल गरेर सस्तो खालका स्मार्टफोन बजारमा ल्याएका छन्, जुन सामसुङको टाउको दुखाइएको विषय हो ।

आखिर सामसुङको नामका नक्कली स्मार्टफोनहरु सर्वत्र छन् किन ? यसो हुनुमा सामसुङको डिजाइन नक्कल गर्न सजिलो हुनु हो, जुन आइफोनको हकमा सजिलो छैन ।

स्मार्टफोनको बजार, जहाँ सबैजसोको फिचर तथा डिजाइन मात्र एकै खालको होइन साझा एन्ड्रोइड सफ्टवेयर समेत प्रयोग भैरहेको छ त्यस्तोमा सामसुङको आफ्नो स्मार्टफोनको अलग्गै ब्राण्ड स्थापित गर्नु निकै प्रसंसनीय कुरा हो ।

यद्यपि सामसुङलाई सस्तो स्मार्टफोनमा प्रतिस्पर्धा गर्नुछैन । प्रतिस्पर्धा गर्नै खोजेपनि सामसुङका ५ सय डलर पर्ने स्मार्टफोन जस्तै मज्जाका स्मार्टफोन १ सय डलरमा उपलब्ध गराउने कम्पनीहरुको भिड हुनेछ । यस्तो अवस्था एकातिर छ भने अर्कोतिर उच्चस्तरीय प्रविधि र मूल्यका स्मार्टफोनको बजार समेत अघाउनै थालेको छ ।

हुनत स्मार्टफोनको कार्यसम्पादन र बनाबट दुइ भिन्न कुरा हुन् । सस्तो खालका मोबाइलको लुक्स राम्रो होला तर यसका पाटपुर्जा देखि टिकाउपना समेत सन्तोषजनक नहुने पक्का छ । तरपनि सस्तो मूल्यका अत्याधूनिक स्मार्टफोनको खोजी गर्ने बहुसंख्यक मोबाइल प्रयोगकर्ताका लागि सस्तो नक्कली स्मार्टफोन बनाउने कम्पनीहरुले सामसुङमाथि खतराको घण्टी बजाइरहेका छन् ।

सामसुङको नक्कल गरी बनाइएका केही स्मार्टफोन यस्ता छन्

जेड टी इ को ग्राण्ड एस आइ आइ

ZTE

 

सामसुङको नोट थर्डको नक्कल गरिएको युमेक्स कम्पनीको फ्याब्लेट

umeox

 

सामसुङकै नक्कल गरिएको जे जेड एच को स्मार्टफोन

 jzh

सामसुङ र एप्पलका स्मार्टफोनको नक्कल गरिएको कोनकाको स्मार्टफोन

konka

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment