Comments Add Comment

२३ प्रतिशत नेपाली गरिवीको रेखामुनि

poor nepal२७ असार, काठमाडौं । आर्थिक सर्वेक्षणका अनुसार अझै पनि २३.८ प्रतिशत जनसंख्या गरिबीको रेखामुनी रहेका छन्, जुन अघिल्लो वर्षको तुलनामा १.६ प्रतिशतले कम हो ।

गरिब जनसंख्या २०५२/५३ देखि २०६९/७० को १७ वर्षे अवधीमा ४२ बाट झरेर २३.८ प्रतिशतमा आएपनि शहरी र ग्रामिण तथा विभिन्न भौगोलिक क्षेत्र र समूहहरुबीचको भिन्नता भने निकै ठूलो बन्दै गएको छ । सर्वेक्षणमा भनिएको छ-‘प्रतिव्यक्ति गरिबीको दरमा कमी आउनु सुखद हो । तर, आम असमानतामा भएको बृद्धिले देशमा गरिब र धनीबीचको खाडल बढेको देखिन्छ ।’

विद्यमान असमानतालाई देखाउने गिनी सूचकांक उपभोगको खर्च आधारमा ०.३२८ पुगेको छ । यो गाउँमा भन्दा शहरमा बढी छ । शहरी क्षेत्रमा ०.३५३ छ भने ग्रामिण क्षेत्रमा ०.३११ रहेको छ । भौगोलिक क्षेत्र तथा विभिन्न जातजातिबीचको असमानताको स्तर झन फराकिलो छ । यसको कारण सीमित वर्गको अवसरहरुमा पहुँच, न्यून कृषि ज्यालादर, आन्तरिक द्वन्द्व, विस्थापितहरुको संख्या बृद्धि लगायत भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

सर्वेक्षण अनुसार दैनिक एक डलरभन्दा कम आय भएका जनसंख्याको अनुपात १६.४ रहेको छ । सरकारले सहस्राब्दी विकास लक्ष्यमा यसलाई २०१५ सम्ममा १७ मा झार्ने लक्ष्य लिएको थियो । यस्तै दैनिक गरिबीको रेखामुनी रहेका जनसंख्या भने २३.८ प्रतिशत रहेको छ ।

यस्तै १५.७ प्रतिशतले न्यूनतम आहारभन्दा कम खाना खान पाउँछन् भने ८५ प्रतिशत जनसंख्याको खानेपानीको स्रोतमा दिगो पहुँच भएको सरकारले दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment