+
+
Shares

‘कमेडी नाइट्स’मा फर्किइन् ‘गुत्थी’

अनलाइनखबर अनलाइनखबर
२०७१ असार २९ गते १२:२२

kapil and guthhi

भारतको सबैभन्दा चर्चि शो ‘कमेडी नाइट्स विथ कपिल’मा कलाकार सुनिल ग्रोवर फर्किएका छन् । ‘गुत्थी’ पात्रको भूमिका गरेर एकाएक चर्चामा आएका सुनिल, कपिल र निर्मातासँगको असमझदारी पश्चात बाहिरिएका थिए ।

तर उनले नयाँ संझौता गरेको बताइन्छ । सुनिलको साथमा कपिलले एक भागको छायांकन पनि गरिसकेका छन् । सुनिलले पहिलो भागमा कपिलको ससुराको भूमिका निर्वाहा गरेका छन् ।

यसपश्चात कथाको माग अनुसार उनको भूमिका परिर्वतन हुँदै जाने बताइन्छ । स्टार प्लसमा ‘मेड ईन इण्डिया’ नामक शो चलाएपनि सुनिल सफल हुन सकेनन् । यसपश्चात उनले ‘कमेडी नाइट्स’मै र्फकने निर्णय गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?