Comments Add Comment

बागेश्वरी र सांग्रीला डेभलपमेन्ट बैंक गाभिए

३१ असार काठमाडौं । नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको वागेश्वरी डेभलपमेन्ट बैंक र पोखरामा केन्द्रीय कार्यालय रहेको सांगि्रला डेभलपमेन्ट बैंक आपसमा गाभिएका छन् । गाभिएपिछ राष्ट्रियस्तरको बनेको बैकको नाम साँगि्रला डेभलमेन्ट बैंक लिमिटेड रहेको छ ।

Shangrila  dev bank New logoएक बराबर एकको सेयर अनुपातमा गाभिएर बनेको बैंकको चुक्ता पुँजी ६४ करोड रुपैयाँ पुगेको छ । राष्ट्रियस्तरमा स्तरोन्नति भएपछि बैंकको कर्पोरेट कार्यालय काठमाडौंको न्यूरोडमा राखिएको छ ।

नेपाल राष्ट्र बैंकले ल्याएको मर्ज सम्बन्धी अवधारणाले वित्तीय क्षेत्र सवल, सुदृढ एवं परिमार्जित हुने बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले बताए ।

बैकको निक्षेप ६ अर्ब ४४ करोड, कर्जा लगानी ५ अर्ब १५ करोड रहेको छ । २४ शाखा संख्या, ६ बटा एटीएम काउण्टर, १५.९५ प्रतिशत पुजीकोष, २८० जना कर्मचारी रहेको बैंकले चैत मसान्तसम्म १८ करोड ८४ लाख सञ्चालन मुनाफा आर्जन गरेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment