Comments Add Comment

प्रसंग ‘आगो २’ : जनता र पत्रकारमाथिको दमनको कथा

sarika-ghimire

निर्देशक मदन घिमिरेले ‘आगो २’ लाई दश बर्षे जनयुद्धमा पत्रकार र जनतामाथि भएको दमनको कथा भनेका छन् । एक कार्यक्रममा बोल्दै उनले कथाले विद्रोहको कथा देखाउने बताए ।

‘आगो’ प्रदर्शनमा राज्यले समेत रोक लगाएपनि अहिले माहोल त्यस्तो छैन । यसैले पनि ‘आगो २’ का दृश्य यदि सेन्सरले काटेन भने जनताले निर्देशकले देखानै खोजेको बिषय र दृश्य हेर्न पाउनेछन् ।

असोज ३१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई किसान पोख्रेलले निर्माण गरेका हुन् । उनले ‘आगो’को व्यापार र चर्चाले ‘आगो २’ लाई पनि फाइदा पुग्ने विश्वास व्यक्त गरे ।

चलचित्रमा गुणराज भण्डारी र विजय लामाले पनि लगानी गरेका छन् । चलचित्रमा सुशिल क्षेत्री, पि्रया रिजाल, सारिका घिमिरे लगायत कलाकारले अभिनय गरेका छन् ।

susil-chetri-in-aago

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment