Comments Add Comment

मंगलबार पनि घट्यो नेप्से

३१ असार काठमाडौं । मंगलबार पनि नेप्से ३.३५ अंकले घटेर परिसूचक एक हजार २५.६९ अंकमा झरेको छ । बैंकिङ, होटल विकास बैंक, वित्त कम्पनी, त्पादनमूलक र अन्य समूहका समूहगत उपसूचकहरुमा गिरावट आएपछि नेप्से घटेको हो । यो दिन व्यापार, जलविद्युत र बीमा समूहका उपसूचकमा भने वृद्धि आएको छ ।

अर्थमन्त्री डा. रामशरण महतले आइतबार बजेट सार्वजानिक गरेयताका दुबैदिन नेप्से सूचक घटेको छ । बजेट सार्वजानिक हुने दिन १३ अंबले बढेको नेप्से बजेटको भोलीपल्ट ८ अंकले र पर्सीपल्ट ३.३५ अंकले घटेको हो ।

नयाँ बजेटले सेयर बजारका लगानीकर्ताको अपेक्षा पूरा नभएपछि लगानीकर्ता निरुत्साहित भएसँगै सेयर बजारमा असर परेको हो ।

मंगलबार नेप्सेमा १४३ कम्पनीका ११ लाख ९३ हजार कित्ता सेयर ६१ करोड १३ लाख रुपैयाँमा किनबेच भयो ।

Market Information
Index Turnover Current Points Change %Change
NEPSE 554,786,000.00 1,025.69 3.25 0.32
Sensitive 412,197,000.00 219.86 0.77 0.35
Float 554,786,000.00 72.41 0.13 0.18
Sen. Float 412,197,000.00 60.28 0.11 0.18
Sub-Indices Turnover Current Points Change %Change
Banking 193,374,000.00 936.77 6.22 0.66
Trading 19,500.00 188.50 3.21 1.73
Hotels 9,317,480.00 1,893.66 2.08 0.11
Development Bank 40,753,100.00 671.73 1.39 0.21
HydroPower 194,863,000.00 3,010.38 18.3 0.61
Finance 9,402,010.00 513.18 0.92 0.18
Insurance 105,548,000.00 4,339.91 19.01 0.44
Manu.& Pro. 145,500.00 1,151.20 15.05 1.29
Others 1,363,000.00 746.02 2.35 0.31

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment