+
+

कांग्रेस-एमाले नफेरिए जनताले लखेट्छन् : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७१ असार ३१ गते १६:४२

5 mao party

३१ असार, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले कांग्रेस-एमालेले पञ्चायती संरचनालाई नै संघीयतामा रुपान्तरण गर्न खोजेको आरोप लगाएका छन् । कांग्रेस-एमालेको यस्तो ‘यथास्थितिवादी सोच’मा परिर्वतन नल्याए जनताबाट लखेटिने प्रचण्डले चेतावनीसमेत दिए ।

कांग्रेस र एमाले नेताहरुले तत्कालीन राजा महेन्द्रले बनाएको पूर्व-पश्चिम राजमार्ग काम लाग्ने तर, पाँच विकास क्षेत्रको संरचना किन काम नलाग्ने भनी आफूलाई प्रश्न गरेको प्रचण्डले सुनाए ।

कार्यगत एकता गरेका पाँच माओवादीले मंगलबार राजधानीको बानेश्वर बेङ्क्वेटमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रचण्डले पहिचानसहितको संघीयता नभए मुलुक ठूलो दुर्घटनामा पर्ने बताएका हुन् । संविधानसभाबाट संविधान बन्नेमा धेरैले आशंका गरेको भन्दै उनले आन्दोलनको जरुरी रहेको बताए ।

माओवादीहरु फुट्दा अरुले फाइदा लिएको भन्दै उनले भने-हाम्रो कमजोरी भएकै हो । भाइ फुट्दा गवाार लुटे । अब भाइ जुटेर गवाार लुटाउने हो ।’ प्रचण्डले कम्युनिष्टहरुको छाती ठूलो हुने र रोइकराइ गर्दा चााडै पग्लने गरेको बताए ।

बजेट : पश्चिमा साम्राज्यको नाङ्गो निर्देशन

एमाओवादी अध्यक्ष प्रचण्डले संसदमा सरकारले प्रस्तुत गरेको बजेट पश्चिमा साम्राज्यवादको निर्देशनमा नाङ्गो उदारवाद लादिएको बताए । कार्यगत एकता गरेका दलहरुले मिलेर बजेटविरुद्ध आन्दोलन गर्ने उनले बताए ।

अन्तरक्रिया कार्यक्रममा वैद्य माओवादी, मात्रिका यादव समूह, मणि थापा समूह र परि थापा समूहको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै माओवादी अध्यक्ष मोहन वैद्यले संविधानसभाबाट संविधान बन्ने सम्भावना नरहेकाले सडकबाटै संविधान बनाउन मोर्चाले आन्दोलन थाल्नुपर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?