Comments Add Comment

उद्योग बन्द हुँदा पनि व्यवसायीले छोड्दैनन् औद्योगिक क्षेत्र

३२ असार, काठमाडौं । मुलुकभित्र रहेका १२ वटा औद्योगिक क्षेत्रमा ४८ वटा उद्योगहरु बन्द अवस्थामा रहेका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार श्रमिक समस्या, बैंक ऋण लगायतका विविध कारणले ती उद्योगहरु बन्द हुन पुगेका हुन् ।

पछिल्लो तथ्यांकअनुसार औद्योगिक क्षेत्रमा ५०९ वटा उद्योगहरु सञ्चालनमा रहेका छन भने ५८ वटा उद्योगहरु निर्माणाधीन Patan-Industrial-Areaअवस्थामा रहेका छन् । अहिले काठमाडौं, ललितपुर, हेटौंडा, नेपालगञ्ज, धरान, पोखरा, बुटवल, भक्तपुर, सुर्खेत, धनकुटा र राजविराजमा औद्योगिक क्षेत्र रहेका छन् । सबै औद्योगिक क्षेत्रको कुल क्षेत्रफल ५ हजार ६ सय ८० रोपनी रहेको छ ।

मुलुकमा औद्योगिक विकास गर्नका लागि सरकारले उद्योगलाई चाहिने न्यूनतम सेवा-सुविधा सहितको औद्योगिक क्षेत्र स्थापना गरेको थियो । तर, अहिले यी औद्योगिक क्षेत्र सिमित उद्योगी-व्यवसायीहरुले कब्जा गरेर राखेको अवस्था छ । बन्द हुँदा समेत उद्योगी-व्यवसायीहरु औद्योगिक क्षेत्र छोड्न चाहन्नन् ।

त्यसो त औद्योगिक क्षेत्रमा उत्पादनशील उद्योगहरु सञ्चालन हुनुपर्नेमा आयातित गाडी तथा अन्य वस्तुहरु बिक्री गर्ने स्थलका रुपमा प्रयोग हुँदै आएको छ । त्यसमाथी बन्द भएका उद्योगहरुले समेत औद्योगिक क्षेत्र नछोडिदिदा वास्तविक उद्योमीले प्रवेश पाउन सकेका छैनन् । निकै सस्तोमा जग्गा तथा भवन भाडामा पाइने हुँदा पनि उद्योगी-व्यवसायीहरुले औद्योगिक क्षेत्र छाड्न नचाहेका हुन् ।

कुन औद्योगिक क्षेत्रमा कति उद्योग ?

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार सबैभन्दा बढी उद्योगहरु काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा १०२ वटा सञ्चालनमा रहेका छन भने दोस्रोमा ललितपुरको पाटन औद्योगिक क्षेत्रमा १०१ वटा उद्योग सञ्चालनमा रहेका छन् । धनकुटा औद्योगिक क्षेत्रमा भने कुनै पनि उद्योग सञ्चालनमा नरहेको व्यवस्थापनले जनाएको छ ।

त्यस्तै, हेटौंडा औद्योगिक क्षेत्रमा ७३ वटा उद्योगहरु सञ्चालनमा रहेका छन भने नेपालगञ्जमा २८ वटा उद्योगहरु, धरानमा २६ वटा, पोखरामा ६५ वटा, बुटवलमा ६३ वटा, भक्तपुरमा २८ वटा, सुर्खेतमा १९ वटा र राजविराजमा रहेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा ४ वटा उद्योगहरु सञ्चालनमा रहेका छन् ।

रोजगारीको अवस्था

बाह्रवटा औद्योगिक क्षेत्रमा कार्यालयका तर्फबाट २ सय १५ जनाले रोजगारी पाएका छन भने उद्योगहरुले १४ हजार ४ सय ९९ जनालाई रोजगारी प्रदान गरेका छन् । सबैभन्दा बढी रोजगारुी हटौंडामा सञ्चालित उद्योगहरुले ४ हजार ८ सय जनालाई दिएका छन भने दोस्रोमा बालाजु औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरुले ३ हजार ५ सय जनालाई रोजगारी प्रदान गरेका छन् । धनकुटा औद्योगिक क्षेत्रमा भने सबैभन्दा कम १ जनाले प्रसासनको तर्फबाट रोजागारी पाएका छन् ।

औद्योगिक क्षेत्रमा उद्योगहरुका आफ्नै टहराहरुको संंख्या ९ सय ५५ रहेका छ भनवे औद्योगिक क्षेत्रको तर्फबाट निर्माण गरिएका कारखाना भवनको संख्या २ सय ९ रहेको छ । औद्योगिक क्षेत्रले आफुसँग भएका भवनमध्ये २०६ वटा भवनहरु उद्योगहरुलाई भाडामा लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment