Comments Add Comment

साहरुखसँग सलमानले खोसे दिवाली र करण

srk salman and karan johar

बलिउड बजार आफैमा गसिपमा रुमलिएको हुन्छ । कलाकारका साना-साना बिषय पनि ठूलै गसिपमा चर्चित बन्छन् । बलिउडमा साहरुख खान र करण जोहरको जोडी सर्वाधिक चर्चित मानिन्छ । तर केही बर्षयता करण र साहरुखको सम्बन्धलाई लिएर विभिन्न खालका चर्चा भैरहेका छन् ।

करण साहरुखसँग निरन्तर सिनेमा बनाउने निर्माता हुन् । तर पछिल्ला बर्षमा उनले यो क्रम तोडेका छन् । अब उनले बनाउन लागेको नयाँ चलचित्र ‘शुद्धी’मा नायक सलमान खानले अभिनय गर्ने पक्का भएको छ । सुरुवातमा ऋतिक रोशनका लागि अफर गरिएको यो भूमिका एकाएक बदलिएर सलमानको हातमा आएको छ । सलमान र करण दुबैले समाचारलाई पक्का गरेका छन् ।

बलिउडमा साहरुख र सलमान दुश्मन मानिन्छन् । अब साहरुखका नजिकका साथी करणले पनि उनका दुश्मनलाई नै लिएर सिनेमा बनाउनुको अर्थ के त ? के अब धर्म प्रोडक्शन साहरुखलाई छोडि सलमानको क्याम्पमा प्रवेश गरेकै हो त ? यो सिनेमा सन् २०१६ को दिवालीमा प्रदर्शनमा आउनेछ । दिवालीमा धेरैजसो साहरुखकै सिनेमा प्रदर्शनमा आउने गरेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment