Comments Add Comment

एमालेसँग अब वास्तविक लडाइँ सुरु हुन्छ : महासचिव श्रेष्ठ

१ साउन, काठमाडौं । संघीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले नेकपा एमालेसँग अब वास्तविक लडाइ सुरु हुने बताएका छन् । एमालेका पूर्वनेता समेत रहेका श्रेष्ठले एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओली पहिचानविरोधी भएको आरोपसमेत लगाएका छन् ।

Rajendra-shrestha‘एमालेसँग अब वास्तविक लडाइ सुरु हुन्छ । माधव र झलनाथ भनेको ढुलमुले हुन् । तर, केपी आफ्नो विचार र अडान परिवर्तन गर्दैनन्’ श्रेष्ठले अनलाइनखबरसँग भने- अब एमाले र हामी आमने-सामने हुन्छौं ।’

महासचिव श्रेष्ठका अनुसार पहिचानविरोधी कित्ताको नेतृत्व ओलीले गर्नेछन् भने एमाओवादी, संघीय समाजवादीसहितको संघीय गणतान्त्रिक मोर्चाले पहिचान पक्षधरको अगुवाइ गर्नेछ ।

माधव नेपाल महासचिव हुँदा ०६३ साउन-भदौको केन्द्रीय कमिटी बैठकले जातीय, भाषिक तथा क्षेत्रीय स्वायत्ततासहितको संघीयताको अवधारणा बनाएको र झलनाथ खनालले त्यसलाई टेकेर नै १५ प्रदेशको प्रस्ताव पहिलो संविधानसभामा पठाएको श्रेष्ठले बताए । संघीय समाजवादीका महासचिव श्रेष्ठले भने- ‘तर, अन्तिममा माधव र झलनाथ केपीको सात प्रदेशको पक्षमा आए ।’ अब एमालेले बहुपहिचानलाई पनि छाडेर भौगोलिक पहिचानमा जाने उनको दाबी छ ।

आफ्नो पार्टी संघीय समाजवादीलाई एमालेको दस्ताबेजमा हानिकारण विचार बोक्ने पार्टी भनेकोलाई श्रेष्ठले ‘कागले आफ्नो नाम आफैं लिएको’ बताएका छन् । ‘जसको १५ पदाधिकारीमा १३ जना एउटै जाती समुदायको मात्र छ, त्यही पार्टी नै हानिकारक हो’ उनले भने-‘पहिलो संविधानसभाबाट संविधान नबन्नुमा एमालेको हानिकारक विचार नै बाधक हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment