+
+

शिक्षण अस्पताललाई भाटभटेनीको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १ गते १५:०७

Minbahadur-Gurung
१ साउन, काठमाडौं । भाटभटेनी सुपर मार्केटले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालाई बेड उपलब्ध गराएको छ । सुपरमार्केटले अस्पतालको आकस्मिक कक्षलाई सोमबार २० थान स्टिल बेड उपलब्ध गराएको हो ।

सुपरमार्केटका अध्यष मिन बहादुर गुरुङले स्वर्गीय पिता बृष बहादुर गुरुङ र माता धनमाया गुरुङको सम्झनामा अस्पतालको आकस्मिक कक्षलाई बेड सहयोग गरेको हो । सुपरमार्केटले बेडको साथमा १६ थान साइड टेबुल, ४ थान ठूलो साइजका डस्टविन र २ थान वाटर स्प्रे निस्ट फ्यानसहित विभिान्न उपकरण अस्पतालले उपलब्ध गराएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा. दीपक महरालाई गुरुङले उक्त समाग्री हस्तान्तरण गरे । सुपरमार्केटले शिक्षण अस्पतालको आकस्मिक कक्ष आफै निर्माण गरिदिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?