+
+

कांग्रेसको नाराबाजीबीच नीति तथा कार्यक्रममाथि छलफल

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते १२:३८

१३ जेठ, काठमाडौं । प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपालीहरुको विरोधको बीच सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी छ ।

यही जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेस गरेका थिए । तर, सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै नेपाली कांग्रेसले संसद अवरुद्ध गरेकाले नीति तथा कार्यक्रममाथि छलफल हुन सकेको थिएन ।

आजको बैठकमा पनि नेपाली कांग्रेसले आफ्नो पूर्वअडान कायम राख्दै संसदमा नाराबाजी गरिरहेको छ । तर सभामुखले त्यसमाथि छलफलका लागि एक घण्टाको समय निर्धारण गरिएको जानकारी गराएका छन् ।

त्यसअघि राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी र नेमकिपाका सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राखेका थिए ।

त्यसपछि नीति तथा कार्यक्रममाथि दलीय प्रतिनिधित्वको आधारमा छलफल भइरहेको छ ।

प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरु भने वेल घेरेर नाराबाजी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?