+
+

गृहमन्त्री लामिछानेलाई ज्ञानेन्द्र शाहीको प्रश्न : मुटु छ कि छैन ?

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते १३:०९

११ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति आवश्यक रहेको बताएका छन् । आइतबार प्रतिनिधि सभामा सुरुमै सभामुख देवराज घिमिरेसँग समय लिएर उनले यस्तो बताएका हुन् ।

प्रतिपक्षमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रश्न उठ्नेहरुमाथि छानबिन हुनुपर्ने बताएको तर, सरकारमा गएपछि त्यसका लागि तयार नभएको उनको टिप्पणी छ ।

नेपाली कांग्रेसले संसदमा रास्वपाका सभापति एवं उपप्रधान तथा गृहमन्त्री लामिछाने सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लगाउँदै आएको छ । लामिछानेकै नाम लेखेर संसदीय छानबिन समिति गठनको माग राख्दै आएको छ ।

प्रश्न उठेपछि छानबिनका लागि तयार हुनुपर्ने भन्दै राप्रपाका प्रमुख सचेतक शाहीले प्रतिपक्षमा हुँदा र सत्तापक्षमा हुँदा एउटै बोली र व्यवहार प्रदर्शन गर्न आगह गरे ।

विगतमा प्रतिपक्षमा हुँदा आफुभन्दा अगाडि बसेर लामिछानेले तत्कालीन अवस्थामा तत्कालीन सरकारका गृहमन्त्रीलाई ‘मुटु छ कि छैन, डराएको हो ?’ भनी सोधेको स्मरण गर्दै शाहीले सोही प्रश्न वर्तमानमा आफ्नो रहेको बताए ।

‘गृहमन्त्रीको भनाइ फिर्ता पठाउँदै भन्न चाहन्छु-मुटु छ कि छैन ? डराएको हो ? खुट्टा कमाएको हो ?’ शाहीले उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई प्रश्न गरे ।

राप्रपाका सांसद शाहीले आफ्नो पार्टीका सांसद गीता बस्नेतविरुद्ध सहकारीको विषयमा पक्राउ पुर्जी जारी भएको पनि स्मरण गरे । सांसद बस्नेतमाथि उठेजस्तै प्रश्न उपप्रधान तथा गृहमन्त्री लामिछानेको सम्बन्धमा पनि उठेको उनले बताए ।

एउटै सदनमा रहेका एक सांसदलाई एक व्यवहार र अर्को सांसदका लागि अर्को व्यवहार भएको भन्दै उनले कानुन सबैका लागि बराबर हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?