Comments Add Comment

माधव नेपाल दिल्ली प्रस्थान

१ साउन, काठमाडौं । एमाले नेता माधवकुमार नेपाल बिहीबार साँझ भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । स्तन क्यान्सरको उपचार गराइरहेकी बहिनी बसुधा पोखरेललाई भेट्न उनी दिल्ली गएका हुन् ।

एमाले मुख्यालय बल्खुमा नवनिर्वाचित केन्द्रीय सदस्यको सपथ लिएपछि नेता नेपाल साँझ साढे ६ बजे स्काई जेटबाट भारत प्रस्थान गरेको उनका सहयोगी मोहन गौतमले अनलाइनखबरलाई बताए ।

‘क्यान्सरको उपचारत बहिनी बसुधा पोखरेललाई भेट्न उहाँ पहिले नै भारत जाने कार्यक्रम थियो, महाधिवेशनमा व्यस्त हुनुभएकाले जान पाउनुभएको थिएन’, गौतमले भने, ‘यो विशुद्ध व्यक्तिगत एवं पारिवारिक भ्रमण हो, अन्य कुनै कार्यक्रम छैन ।’ नेपाल शनिबार काठमाडौं र्फकने गौतमले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment