+
+

हाम्रो बिकास बैंकको नाफा दुई करोड २३ लाख

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २ गते ११:१७

 २ साउन काठमाडौं । नुवाकोटमा प्रधान कार्यालय रहेको एक जिल्ले हाम्रो विकास बैंकले आर्थिक वर्ष २०७०/०७१ मा दुई करोड २३ लाख ५३ हजार रुपौयाँ सञ्चालन नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको भन्दा दुई गुणाले बढी हो ।

गत वर्षको तुलनामा ०७०/०७१ मा ३६.२५ प्रतिशतले कर्जा बढेको छ । यस अवधिमा बैंकले ५४ करोड ७५ लाख रहेको बैंकले ४२ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

गत आर्थिक वर्षमा बैंकले करिब १ अर्ब ७० करोड बराबरको विप्रेषण रकम भुक्तानी गरी आफ्नो कार्यक्षेत्रमा -नुवाकोट जिल्लामा) सबैभन्दा बढी विप्रेषण रकम भुक्तानी गर्ने बैंकको रुपमा बैंक स्थापित भएको दाबी बैंकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?