+
+

नेसनल लाइफद्वारा ८० जना अभिकर्ता सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ६ गते २०:४२

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोशी र मधेश प्रदेशका करिब ८० जना अभिकर्ताहरूलाई सम्मान गरेको छ ।

इटहरीस्थित होटल सोल्टी वेस्टेन्डमा एक कार्यक्रमको आयोजना गरी नेसनल अवार्ड अन्तर्गत नेसनल रत्न छनोट हुन सफल अभिकर्ताहरूलाई सम्मान गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले नेशनल अवार्ड विजेता अभिकर्ताहरूलाई नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाले सम्मान गरेका हुन् ।

अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री र व्यावसायिक बनाउन थप लगानी गरिएको र कम्पनीको व्यवसाय वृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई प्राथमिकतामा राखी समय सापेक्ष प्रोत्साहन योजना ल्याइएको कारण नै नेपालभरबाट नेशनल रत्नमा उत्साहजनक रुपमा अभिकर्ताहरु छनोट हुन सफल भएको उनले बताए । अभिकर्ता सम्मान कार्यक्रम अन्य प्रदेशमा पनि छिट्टै आयोजना गरिने उनले बताए ।

कार्यक्रममा सहभागी अभिकर्ताहरूलाई बजार विभाग प्रमुख विवेक शर्माले व्यावसायिक अभिकर्ता उत्पादन गर्न कम्पनीले ल्याउने यस प्रकारको योजनाहरू प्रभावकारी हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?