बलिउड चर्चित नायिका तथा पूर्व मिस वल्र्ड प्रियंका चोपडा आज आफ्नो जन्मदिन मनाउँदैछिन् । प्रियंकाको जन्मदिनको योजना भने सार्वजनिक भएको छैन ।
बलिउडमा नायिका चोपडाको नाम निक्कै चर्चित छ । विश्वमा आफ्नो अभिनय क्षमतासँगै गायकीबाट समेत नाम कमाएकी नायिका चोपडाको टक्कर अन्य नायिकासँग छैन भनिन्छ ।
भारतको जम्शेदपुरमा जन्मिएकी यी नायिकाले भारतका विभिन्न स्थानमा आफ्नो बाल्यकाल बिताएकी छिन् । उनका पिता डाक्टर अशोक चोपडा भारतीय आर्मिमा काम गर्दथ्य । प्रियंकाले भारतको राष्ट्रिय अवार्डसँगै, फिल्मफेयर अवार्ड र थुप्रै प्रतिष्ठित अवार्ड पनि जितिसकेकी छिन् ।
यस्तै चलचित्रमा भिन्न-भिन्न भूमिका निर्वाहा गर्न पनि उनी माहिर मानिन्छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4