Comments Add Comment

अवैध भीओआइपी चलाउने बंगलादेशी पोखरामा पक्राउ

२ साउन, काठमाडौं । विदेशबाट आउने फोन बाइपास गर्न अवैध भीओआइपी संचालनमा संलग्न दुर्इजना बंगलादेशी नागरिकलार्इ प्रहरीले कास्कीको पोखराबाट पक्राउ गरेको छ । 

पोखरा उपमहानगरपालिका-८ कृष्णलाल मार्गस्थित रामनाथ बरालको घरमा डेरा लिई अवैध भीओआइपी सञ्चालन गर्ने बङगलादेशी नागरिक २९ वर्षीय मुस्ताक खान र २६ वर्षीय नाबिल अहमद गौरबलार्इ प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको टोलीले बिहीबार पक्राउ गरेको हो ।

प्रहरीले अवैध भीओआइपी सञ्चालनका लागि प्रयोग भएका ३ सय ७८ थान सिमकार्ड, ३२ पोर्टको युरोटेक गेटवे मेसिन २ वटा, ४ वटा ल्यापटप र इन्टरनेट मोडियम २३ थानसहित अन्य उपकरण बरामद गरेको छ ।

बिहीबारै पोखरा-६ बैदामस्थित गमबहादुर पुनको घरबाट अवैध भीओआइपी संचालनमा प्रयोग गरेको ८ पोर्टको भिओआइपी डिभाईस ४ थान, सिमकार्ड ८० थान र ल्यापटप १ थानसहित उपकरण बरामद गरी कानूनी कारवाही अगाडी बढाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment