Comments Add Comment

बाग्मतीमा डुबेर दुई बालकको मृत्यु

२ साउन, काठमाडौं । बाग्मती किनारमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोट देवीघाट घर भई हाल काठमाडौं शंखमुल वस्ने ८ वर्षीय रुपेश श्रेष्ठ र शंखमुल वस्ने ६ वर्षीय आशिष मगर छन् ।

ललितपुरको बालकुमारीस्थित बागमती किनारमा शुक्रबार दिउँसो पौडी खेल्ने क्रममा वेपत्ता भएका भएका थिए । उनीहरुलाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरी उपचारार्थ बीएण्डबी अस्पताल पुर्‍याएको थियो । तर, दुवैको मृत्यु भएको सशस्त्रले जनाएको छ ।

घटनाको जानकारी पाएलगतै सशस्त्र प्रहरी बल विपद् उद्धार उपत्यका गण सिनामंगल तथा सशस्त्र प्रहरी बल विपद् उद्धार सुरक्षा बेस स्युचाटारबाट टोली खटिएको थियो भने स्थानीय प्रहरी र नेपाली सेना पनि वेपत्ता बालकहरुको खोजी कार्यमा जुटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment