३ असार, काठमाडौं । चिलिमे प्रवन्ध संचालक कुलमान घिसिङलाई हटाएको विरोधमा स्थानीयबासीले सान्जेन माथिल्लो तथा सान्जेन जलविद्युत आयोजनाको कार्यालयमा तालाबन्दी गरेको छ । अनिश्चितकालीन तालाबन्दीका कारण आयोजनाको सुरुङ निर्माणसहितका सबै काम ठप्प भएको छ ।
चिलिमे जलविद्युत कम्पनीको मातहतमा सान्जेन माथिल्लो तथा सान्जेन जलविद्युत आयोजना निर्माण भइरहेको छ । तर, नेपाल विद्युत प्राधिकरणले घिसिङलाई चिलिमेबाट केन्द्रमा तानेपछि स्थानीयबासीले विरोध गरेका हुन् ।
घिसिङलाई पुनर्वहाली गर्न माग गर्दै चिलिमे, गोल्जुङ, गत्लाङ गा.वि.सका स्थानियबासीले साईट कार्यालयहरुमा तालाबन्दी गरेका हुन् ।
तालावन्दीपछि चिलिमे जलविधुत कम्पनी र यसका सहायक कम्पनीहरु सान्जेन माथिल्लो तथा सान्जेन जलविधुत आयोजनाका साईट कार्यलय र साईटका सम्पूर्ण निर्माणका कार्यहरु अवरुद्ध भएका छन् । चिलिमे, सान्जेन तथा रसुवागडीका कर्मचारीहरुले पनिविज्ञप्ति मार्फत घिसिङको पूर्णवहालीको माग गरेका छन् ।
प्रतिक्रिया 4