Comments Add Comment

तयार हुनुहोस् ‘नेपाली तारा ३’ बन्न, विजेतालाई पुरस्कार र अवसर

nepali-tara-3

लामो समयदेखि हुन नसकेको नेपालकै चर्चित सांगीतिक रियालिटी शो ‘नेपाली तारा ३’ अब सुरु हुने भएको छ । ‘नेपाली तारा २’ पश्चात लामो समयदेखि यो शो संचालनमा आउन सकेको थिएन ।

तर आयोजकले काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै शो सुरु हुन लागेको जानकारी दिएको हो । भदौको पहिलो साताबाट देशभरका मुख्य शहरमा यसको अडिशन हुनेछ । काठमाण्डौका ३ स्थानका साथै ललितपुर, भक्तपुर, पोखरा, बुटवल, धरान, नारायनगढमा अडिशन हुने आयोजकले जनाएको छ । संगीतकारद्धय प्रकाश गुरुङ र सुरेश अधिकारीको साथमा गायक रामकृष्ण ढकाल मुख्य जर्जको रुपमा रहनेछन् । यस्तै प्रतियोगिहरु अन्तिम २० मा पुगेपछि जेम्स प्रधान र राजन इसान मेन्टोर जजका रुपमा कार्यक्रममा प्रवेश गर्नेछन् ।

यसपटकको ‘नेपाली तारा ३’ को संचालन गायकद्धय सन्तोष लामा र धमेन्द्र सेवानले गर्नेछन् । यसपटक कार्यक्रमलाई आकर्षक बनाउन वाइल्ड कार्ड इन्टि्रका लागि मोबाइल अडिशनबाट १० जना छानिनेछ ।

प्रतियोगिताका विजेताले एउटा मोटरसाइकलका साथै नगद रु २ लाख ५१ हजार प्राप्त गर्नेछन् । यस्तै, कार्यक्रमको मुख्य प्रायोजक कोका-कोलाको तर्फबाट ‘नेपाली तारा’को रुपमा ३ वटा गीत गाउन पाउनेछन् । ३ वटै गीतको म्यूजिक भिडियो पनि तयार गरिने आयोजकले जनाएको छ । यस्तै अन्तिम १० मा पुग्न सफल प्रतियोगिहरुले नगद ११ हजारका साथमा टप टेन एल्बममा गाउने अवसर पनि पाउनेछन् । यो रियालिटी शोको विजेताले अष्ट्रेलिया टि्रपमा जाने मौकामा साथमा सिड्नी र मेलवर्नमा कन्सर्ट पनि गर्न पाउनेछन् ।

कार्यक्रमको आयोजना निलबाराही फिल्मस्ले गर्न लागेको हो । कार्यक्रम नेपाल टेलिभिजन र एनटीभी प्लसबाट प्रशारण हुनेछ । यस्तै ‘नेपाली तारा ३’ को आधिकारिक यूट्यूब च्यानलबाट पनि यो शोलाई विस्तृत रुपमा हेर्न सकिनेछ ।nepali-tara-3-judge

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment