Comments Add Comment

यतिको फेसबुक बिजेता बने विकाश श्रेष्ठ

yeti-ka-winner

५ साउन, काठमाडौं । यति एयरलाइन्सको प्रवर्द्धनात्मक कार्यक्रम ‘योर टिम विन्स, यु विन टु’ प्रतियोगितामा काठमाडौं निवासी विकास श्रेष्ठ विजयी भएका छन् ।

विजेता श्रेष्ठले यति एयरलाइन्सको २ जनाका लागि भरतपुरको दुईतर्फी टिकट हात पारेका छन् । साथै, कसरा रिसोर्टमा खाने तथा बस्ने सुविधा समेत विजेता श्रेष्ठले उपहार स्वरुप प्राप्त गरेका छन् । विजेता श्रेष्ठले खुशीको क्षण आफ्नो मित्र रोहितको साथमा विताउने बताएका छन् ।

यति एयरलाइन्सले जेठ २९ गतेदेखि असार २९ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन गरेको थियो । प्रतियोगितामा सयौं प्रतियोगिहरुले भाग लिएको यतिको दाबी छ ।

‘हामी हाम्रा यात्रु महानुभावहरुसँग हरेक तरहबाट साथ रहन चाहन्छौं र यसका लागि विश्वकप फुटबल एउटा उपयुक्त माध्यम बनेको थियो, विजेतालाई धेरै धेरै बधाई छ’ यति एअरलाइन्सका बजार प्रबन्धक रोशन रेग्मीले भने ।

photo-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment