६ साउन काठमाडौं । पोखराको सिटी डेभलपमेण्ट बैंकले २०७१ असार मसान्तसम्ममा १५ करोड ७० लाख संचालन मुनाफा आर्जन गरेको छ ।
यस अवधिमा बैकले ४ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेको प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी ले बताए ।
उनका अनसार गत आर्थिक बर्षको कारोबारको तुलनामा निक्षेपमा ३७ प्रतिशत, कर्जामा ४० प्रतिशत र नाफामा झण्डै ३९ प्रतिशतले बृद्धी भएको जनाइएको छ । बैंकको खराब कर्जा अनुपात ०.३४ प्रतिशत रहेको छ ।
ग्रामीण भेकलाई प्रमुख कार्यक्षेत्र बनाई महिला, पिछडिएका बर्ग तथा युवाहरुमा लक्षित बैंकिङ्ग कार्यक्रम तथा लघुवित्त कार्यक्रम समेत संचालन गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4