+
+

डेढ किलो यार्सा र साढे १४ लाख भारुसहित सात पक्राउ

६ साउन, नेपालगन्ज । बाँके प्रहरीले करिव डेढ किलो यार्सागुम्बा र साढे १४ लाख भारुसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले नेपालगञ्ज बसपार्क नजिकैको बढीमालिका होटलमा यार्सागुम्बाको अवैध व्यापार भइरहेको सूचना पाएको आधारमा जिल्ला र वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको संयुक्त टोलिले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ६ गते १५:४७

आरपी सुवेदी
६ साउन, नेपालगन्ज । बाँके प्रहरीले करिव डेढ किलो यार्सागुम्बा र साढे १४ लाख भारुसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले नेपालगञ्ज बसपार्क नजिकैको बढीमालिका होटलमा यार्सागुम्बाको अवैध व्यापार भइरहेको सूचना पाएको आधारमा जिल्ला र वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको संयुक्त टोलिले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

बाँकेका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक सुशीलसिंह राठौरले १४ लाख ४१ हजार भारु र १ किलो ५ सय ग्राम यार्चागुम्बा, नेपाली १ हजार १ सय २० रुपैयाँ र ७ थान मोवाइल नियन्त्रणमा लिएको बताए ।

उनका अनुसार पक्राउ पर्नेमा कैलाली सुगरखाल ९ का ३९ वर्षीय नरेश माझी, कालिकोट थ्रिपु ५ का ३३ वर्षीय जग्गबहादुर रोकाया, ४२ वर्षीय मानबहादुर रोकाया, जुम्ला कालिकाखेत ३ का विष्णुप्रसाद जैसी, पुरन जैसी, कालिकोट सियाखाला ६ का दिपनाथ योगी र जाजरकोट पईक ५ घर भई नेपालगन्ज ५ मा आरसी ईलेक्ट्रोनिक्स पसल गरी बस्ने २० वषिर्य विरेन्द्र आरसी रहेका छन् ।
उनीहरुलाई नियन्त्रणमा लिने क्रममा सादा पोषाकका एक प्रहरी जवान घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?