Comments Add Comment

पोखरा त साँच्चिकैको पोखरा नै रै’छ !

edited_650px (1)

तस्वीर : उमेश पुन/पोखरा

पोखरा त साँच्चिकैको पोखरा नै रै’छ,
माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रै’छ !
प्रेमप्रकाश मल्लले त्यतिकै यो गीत रचना गरेका होइनन् भन्ने तथ्य पोखराका यी मनोरम दृश्यले आफैं प्रमाणित गर्छन् । विदेशबाट भ्रमणमा आउने अधिकांश पर्यटकले पोखराको सुन्दरताको वर्णन गर्ने र बुढेसकालमा समेत एकपटक फर्केर पोखरा भ्रमणमा आउने गरेका उदाहरणहरु प्रशस्तै छन् ।
प्रमुख पर्यटकीय गन्तव्य पोखरा प्रकृतिबाट वरदान पाएको विश्वकै सुन्दर शहर हो । नेपाल आउने पर्यटकको पहिलो गन्तव्य पोखरा हुने गर्छ । आफैंमा सुन्दर रहेको पोखरामा थप सुन्दरता र आकर्षण थप्ने काम छेउछाउमा देखिने मनोरम दृश्यहरुले गरेका छन् ।
उत्तरतर्फ देखिने माछापुच्छ्रे, अन्नपूर्ण र धौलागिरी हिमश्रृङ्खला अनि फेवाताल, सेतो गुम्बा, डेभिड फल्स, गुप्तेश्वर गुफा, महेन्द्र गुफा, सराङकोट र प्यारागलाइडिङ, अल्ट्रालाइट, विन्दावासीनी मन्दिर पोखराका मुख्य आकर्षण हुन् ।

edited_650px (2)

पोखरा यस्तो ठाउँ हो, जहाँ नेपालभर घुमेर पोखरा पुगिएन भने त्यो घुमाइ अधुरै रहन्छ । पछिल्लो समय विदेशी पर्यटक मात्र होइन, स्वदेशीहरुको समेत पोखरामा भिड लाग्ने गरेको छ । प्रकृतिको सुन्दरतामा रमाउन एकपटक पुग्नै पर्ने ठाउँ हो पोखरा ।
पोखरा घुम्न आउने पर्यटकको पहिलो गन्तव्य फेवा ताल हुने गरेको छ । फेवातालको किनारामा अवस्थित सुन्दर स्थान लेकसाइडमा बस्ने र तालको पानीमा बोटिङ गर्न अधिकांश पर्यटकहरु रुचाउने गर्छन् । फेवातालको वीचमा रहेको तालबाराही मन्दिर दर्शन गर्न पनि उत्रिकै भिड लाग्ने गर्छ ।
डुङ्गा भाडामा लिएर दिनभरि बोटिङ गर्ने युवा-युवतीको जोडी र परिवारहरुको घुइँंचो लाग्ने गर्छ । सुन्दर ताल र तालमा तैरिएका डुङ्गाहरु देख्दा स्वर्गको कुनामा पुगेको अनुभूति हुने गर्छ । फेवाताल, वेगनास ताल र रुपातालमा बोटिङ मात्र नभई फिसिङको समेत व्यवस्था छ । फेवातालमा देखिने माछापुच्छ्रे हिमालको दृश्यले पनि पर्यटकलाई निकै आकषिर्त गर्छ ।

edited_650px (3)
फिसिङ गर्न विदेशीहरु निकै रुचाउँछन् । लेकसाइड साँझ परेपछि बिहे मण्डपजस्तै देखिन्छ । यहाँबाट देखिने सबैभन्दा आकर्षक पक्ष सराङकोटबाट गरिने प्यारा गलाइडिङ हो । सराङकोटबाट उड्ने प्यारागलाइडिङ फेवातालको किनारामा ल्यान्डिङ हुन्छ ।
फेवातालको किनाराबाट सराङकोटतर्फ हेर्दा रंगी-विरंगी प्यारागलाइडिङ उडिरहेको देख्न पाइन्छ । साहसिक मनोरञ्जनमा रुची राख्नेहरु प्याराग्लाइडिङमा उडेर मज्जा लिन्छन् भने नसक्नेहरु हेरेरै भए पनि रमाइलो लिन्छन् ।
छोरेपाटनमा रहेको डेभिड फल्स र गुप्तेश्वर गुफा पोखराको अर्को आकर्षण हो । फेवातालको पानी डेभिड फल्सको गल्छीबाट गुप्तेश्वर गुफा हुँदै सेती नदितर्फ हानिन्छ । डेभिड फल्स पानी नहुने समय हिउँदमा त्यति आकर्षक नहुने भए पनि वर्षमा पुग्नैपर्ने ठाउँ हो । ठूलो पानीको भेल गल्छीभित्र पस्दा देखिने पानीको फोहोरा र त्यहाँबाट निस्कने बाफ साँच्चिकै आकर्षक देखिन्छ ।

edited_650px (4)
गुप्तेश्वर गुफा खाल्डोजस्तो स्थानमा रहेको छ । गुप्तेश्वर महादेवको दर्शन गर्न र गुफाको मज्जा लिन यहाँ पनि पर्यटक तथा स्थानीयहरुको भिड लाग्ने गर्छ । गुफामा रहेको मन्दिरबाट अझै अगाडि बढे हामीले डेभिड फल्सको पानी देख्न सक्छौं । पानी हेर्ने गरी एक किलोमिटरभन्दा लामो गुप्तेश्वर गुफा हेर्न हिउँदमा जानुपर्ने हुन्छ ।
फेवातालमाथिको डाँडामा अवस्थित सेतो गुम्वा पनि स्वदेशी विदेशीको आकर्षणको केन्द्र मानिन्छ । पोखरा पुग्नेहरु एकपटक उक्त गुम्बामा पुग्ने गर्छन् । यहाँबाट पोखराको सुन्दर दृश्य, फेवाताल, हिमाल, सराङकोटको डाँडालगायतका सुन्दर दृश्यहरु देखिने हुँदा निकै रमाइलो महशुस हुने गर्छ ।
विन्दावासिनी मन्दिर, नेपालकै सबैभन्दा बढी विद्यार्थी पढ्ने पृथ्वीनारायण क्याम्पस, हलनचोकको डाँडा, बेगनास ताल, रुपाताल, अर्गानिक तरकारी फल्ने हेम्जा, महेन्द्र गुफा, चमेरी गुफा, माटेपानी गुम्वा, लुम्लेमा पनि पर्यटकको घुईंचो लाग्ने गर्छ ।

edited_650px (5)

अर्को आकर्षक पक्ष सेती नदी हो । करिव २ सय मिटरको गहिराइमा बग्ने सेती नदी देख्दा जोसुकै आश्चर्यचकित हुन्छन् । पोखरा खोँचै खोँच भएको शहरकारुपमा समेत चिनिन्छ । यहाँबाट विभिन्न टे्रकिङ रुटहरुमा जान सकिन्छ ।
माथिल्लो मुस्ताङ, मुक्तिनाथ, पुनहिल, अन्नपूर्ण वेस क्याम्प, गुरुङहरुको सुन्दर वस्ती रहेको घान्द्रुक लगायतका विभिन्न स्थानमा ट्रेकिङका लागि पोखरा प्रवेशद्वार हो ।
पछिल्ला वर्षहरुमा यहाँ ठूला साना पर्यटकस्तरीय होटलहरुको संख्या पनि निकै बढेका छन् । पर्यटनमा लगानी गर्नेहरुले पनि पोखरालाई आधार बनाएर अगाडि बढेका छन् । पोखराको अर्को विशेषता कोलाहलमुक्त शहर पनि हो ।

edited_650px (6)

edited_650px (7)

edited_650px (8)

edited_650px (9)

edited_650px (10)

edited_650px (11)

edited_650px (12)

edited_650px (13)

edited_650px (14)

edited_650px (15)

edited_650px (16)

edited_650px (17)

edited_650px (18)

edited_650px (19)

edited_650px (20)

edited_650px (21)

edited_650px (22)

DCIM100GOPRO

edited_650px (24)

edited_650px (25)

EOS550

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment