+
+
Shares

प्रितिले भनिन्- मेरा पूर्व प्रेमीले मुखमा बलेको चुरोट फ्याँके, कोठा थुनिदिए

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ७ गते १३:२९

prity-zinta-pic
बलिउड नायिका पि्रति जिन्टाले पूर्व प्रेमी नेस वाडियाले आफ्नो अनुहार बलेको चुरोट फ्याँकेको र कोठामा ताल लगाएर बन्दी बनाएको आरोप लगाएकी छिन् । आफ्ना पूर्व प्रेमीविरुद्ध हालै मुम्बई पुलिसमा उजुरी दिएकी प्रितिले पुलिसलाई लेखेको पत्रमा नेसले आफुमाथि गरेको ज्यादतिको बर्णन गरेकी छिन् ।

‘नेसको मप्रतिको ब्यबहार निकै आक्रामक थियो, मेरो अनुहारमा बलेको चुरोट फ्याँक्नेदेखि मलाई कोठामा थुन्नेसम्मका हर्कत गरे ।’ उनले पत्रमा लेखेकी छिन् । म चाहान्छु उनी मभन्दा टाढा रहुन् । जसले मलाई शान्ति दिन्छ । उनका यही हर्कत दोहोरिदै गए भने मेरो मृत्यु अवसम्भावी छ ।’

प्रहरीलाई भेटन पुगेकी प्रितिले भनिन् । उनलाई हानी पुर्‍याउने कुनै उदेश्य नरहे पनि बिकल्प नभएका कारण पुलिसको शरणमा पुग्नुपरेको उनले बताइन् । आफुलाई बिदेश जाने अनुमति दिन प्रिति जुन ३० तारिखमा पुलिसकहाँ पुगेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?