काठमाडाैं । कतारको राष्ट्रिय ध्वजावाहक एयरलाइन्स कतार एयरवेजले ट्रेड पार्टनरहरुका लागी ‘सेल एण्ड विन’ योजना ल्याएको छ । कतार एयरवेजले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी उक्त योजना ल्याएको बताएको हो ।
यस योजनामा विजयी हुने टे्रड पार्टनरले यामाहा मोटरसाइकल, सामसुङ मोबाइल र बिङ हृयुमन गिफ्ट जित्न सक्छन् । कतार एयरवेजको कुनै पनि गन्तव्यमा तोकिएको परिमाणमा टिकट बिक्री गर्नेहरु यस योजनामा सहभागी हुन सक्नेछन् । एयरवेजले योजनामा सहभागी एजेन्टहरुबाट लक्की ड्र गरेर बिजेता चयन गर्ने जनाएको छ ।
यस योजनामा सबैभन्दा बढी टिकट बिक्री गर्नेहरुबाट बिजयी हुने एक जनाले बजाज २०० एनएस पल्सर मोटरसाइकल, २ जनाले सामसुङ ग्यालेक्सी ग्रान्ड निओ मोबाइल र ३ जनाले ५ हजार रुपैयाँको बिङ हृयुमन गिफ्ट भौचर प्राप्त गर्न सक्नेछन् ।
पहिलो पुरस्कार पल्सर मोटरसाइकलका लागि ५० वटा टिकट बिक्री गर्नेहरुले लक्की ड्रमा सहभागीता जनाउन पाउनेछन् भने दोस्रो पुरस्कार मोबाइलका लागि ३० वटा टिकट र तेस्रो पुरस्कार गिफ्ट भौचरका लागि १० वटा टिकट बिक्री गर्ने एजेन्टले सहभागीता जनाउन पाउने कम्पनीले जनाएको छ ।
यो योजना जुलाई १ देखि सेप्टेम्बर ३१ तारिखसम्म लागु हुनेछ । योजनामा सहभागीता जनाउन यस अवधिमा माथि उल्लेख गरिएको परिमाणमा टिकट बिक्री गरेकै हुनुपर्छ । एयरवेजले अक्टोबरमा विजेताहरु घोषणा गर्ने जनाएको छ ।
कतार एयरवेजले १७ वर्षको छोटो अवधिमा आफ्नो उडानहरु विश्वभर पुर्याउन सफल भएको छ । अहिले कतारले १३४ एयरक्राफ्टबाट विश्वका १४४ गन्तव्यमा उडान भर्दै आएको छ । खासगरी यूरोप, मिडल इष्ट, अफि्रका, एशिया प्यासिफिक, नर्थ एन्ड साउथ अमेरिकामा कतार एयरवेजले उडान भरिरहेको छ ।
प्रतिक्रिया 4