Comments Add Comment

भारतीय विदेशमन्त्रीसँग मधेसी नेताको अनुनय- ‘मधेस’का पक्षमा दबाव दिनुपर्‍यो’

१० साउन, काठमाडौं । मधेस केन्द्रीत दलका शीर्ष नेताहरुले मधेस प्रदेशका पक्षमा माहौल बनाइदिन भारतसँग आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँगको भेटमा उनीहरूले आफुले मागेजस्तो मधेस प्रदेश नहुने खतरा रहेको भन्दै त्यसका लागि भारतीय सहयोगको याचना गरेका हुन् ।

स्वराजले शनिबार विहान मधेसवादी दलका अध्यक्षसँगै कांग्रेस, एमाले र माओवादीका मधेसी नेताहरुसँग सामूहिक भेट गरेकी थिइन् । भेटमा मधेसवादी दलका नेताहरुले संघीयतामा नै नजाने र गएपनि उत्तर दक्षिण प्रदेश बनाउने खतरा रहेको गुनासो गरेका थिए ।

यो पनि पढ्नुस्: शान्ति र संविधान निर्माण प्रक्रिया छिटो पूरा होस् : स्वराज

संविधानसभाको दोस्रो निर्वाचनपछि भारतीय कूटनीतिज्ञसँग संघीयताबारे कुरा गर्दा नेपालको अन्तरिक मामिला भन्दै पन्छने गरेको उनीहरुको गुनासो थियो । ‘डिप्लेम्याटहरुसँग कुरा गर्दा संविधान निर्माण अन्तरिक मामिला हो भन्नुहुन्छ’ भेटमा सहभागी मधेसवादी दलका एक नेताले भने-‘लोकतन्त्र, गणतन्त्र, केके तन्त्रका लागि सल्लाह परामर्श दिनुहुन्छ । मधेसबारे किन दिनुहुन्न भन्ने कुरा उठायौं ।’

विदेशमन्त्री स्वराजसँग ती नेताहरुले मधेस प्रदेशका लागि सकारात्मक भइदिन आग्रह गरेका छन् । एक नेताले भने-‘भारतले सबै गरिदिनुपर्‍यो भन्ने होइन तर, नेपालका दलहरुसँगको छलफलमा सल्लाह, परमर्श गरिदिओस् भन्ने हो ।’

भेटमा सहभागी एमाओवादी नेता प्रभु साहले भेटमा केही मधेसवादी दलका नेताले नेपाल संविधान निर्माणको प्रक्रियामा रहेको र संघीयताबारे सकारात्मक भइदिनु पर्‍यो भन्ने धारणा राखेको बताए ।

जवाफमा भारतीय विदेशमन्त्री स्वराजले छिमेकी देशको हैसियतले प्रधानमन्त्रीसहित दलका नेताहरुसँगको भेटमा कुरा राखिदिने आश्वासन दिएकी छन् । ‘यो नेपालको अन्तरिक मामिला हो र त्यसमा भारतले हस्तक्षेप गर्दैन’ स्वराजको भनाइ उदृत गर्दै एक नेताले भने-‘तर, दलका नेताहरुसँगको भेटमा कुरा राख्छौं ।’

स्वराजको नयाँ सुरुवात

भारतीय नेताहरुले विगतमा मधेसवादी दलका नेताहरुलाई छुट्टै भेट्ने गरेका थिए । तर, स्वराजले भने मधेसवादी दलका नेतासँगै प्रमुख दलका मधेसी नेताहरु पनि एकै ठाउँ राखेर नयाँ सुरुवात गरेकी छन् ।

भेटमा कांग्रेसका अमरशेकुमार सिंह, एमालेका सत्रुघन महतो र एमाओवादीका साह सहभागी थिए । संविधानसभामा रहेका सबै मधेसवादी दलका अध्यक्षलाई पत्र पठाएर नै भेटका लागि बोलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment