नायक सलमान खान र उनको बिहेको बिषयमा सधै नै चर्चा भैरहन्छ । ४८ बर्षको उमेरमा समेत सलमानले बिहे नगरेपछि यसले मिडियामा सधै नै समाचार र गसिपको स्थान पाइरहेको छ । तर उनै नायक खानले आफूले जीवनभर बिहे नगर्न पनि सक्ने जनाएका छन् ।
भारतको एक टेलिभिजनलाई दिएको अन्र्तवार्तामा सलमानले आफूले जीवनभर बिहे नगर्न पनि सक्ने बताउँदै समाजसेवामा लाग्ने जनाएका छन् ।
सलमानले आफूलाई केही क्षेत्रका बालबालिका पाल्ने चाहाना भएको जनाउँदै चलचित्र निर्देशनमा नआउने बताएका छन् ।
उनले आफ्नो राजनीतिमा जाने कुनै चाहना नभएको बताए । सलमानले यसअघि आफू कुनै पनि समय जेल जान सक्ने भन्दै बिहे नगरेको बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4