+
+
Shares

चेम्बर नेतृत्वले भेट्यो उद्योग र आपूर्ति मन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १३ गते ११:०४

Chembar-and-trade-mantry
१३ साउन कठमडौं । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष नवर्निवाचित अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वको प्रतिनिधिमण्डलले उद्योग मन्त्री कर्णबहादुर थापा र वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापासँग छुट्टाछुट्टै भेटवार्ता गरी समसामयिक विषयमा छलफल गरेको छ ।

चेम्बरले निजी क्षेत्रका विद्यमान समस्याका बारेमा मन्त्रीद्धयलाई जानकारी गराएको छ । उद्योग मन्त्री कर्णबहादुर थापाले प्रस्तावित औद्योगिक व्यवसाय ऐनलाई लगानीमैत्री बनाउन अधिकतम प्रयास गरिएको बताए । उनले विशेष ऐनहरुले व्यवस्था गरेका सुविधाहरुलाई समेत आर्थिक ऐनहरुले काट्ने हुँदा लगानीको क्षेत्रमा अन्यौलता रहेकाले प्रस्तावित औद्योगिक व्यवसाय ऐनले व्यवस्था गरेका सुविधाहरुलाई अन्य कुनै ऐनहरुले काट्न नमिल्ने गरी तयार गरी छलफलको क्रममा रहेको बताए ।

छलफलका क्रममा मन्त्री थापाले विशेष आर्थिक क्षेत्र (सेज) सम्बन्धी ऐनलाई आफूले उच्च प्राथममिकतामा राखेको बताउंदै लगानीमैत्री वातावरण निर्माण गर्न आफूले अधिकतम प्रयास गर्दै आईरहेको र निजी क्षेत्रको सहयोग प्राप्त भईरहने विश्वास व्यक्त गरे ।

चेम्वरका अध्यक्ष राजेश काजी श्रेष्ठूले मुलुकको व्यापार घाटा दिनप्रतिदिन बढदै गएकोले व्यापार घाटा न्युनीकरण गरी आर्थिक सम्वृद्धि प्राप्त गर्न निजी क्षेत्रले दिएका सुझावहरु कार्यान्वयन गरी लगानीकर्ताको मनोबल उच्च राख्नु पर्नेमा जोड दिए ।

Chembar-and-udyog-mantri

त्यसैगरी भेटका क्रममा वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापाले बढ्दो व्यापार घाटा नेपालको अर्थतन्त्रको लागि चुनौतिपूर्ण भएकोले यसको न्यूनीकरण गर्न  प्रतिपर्धात्मक क्षमता अभिवृद्धि गर्नु पर्नेमा जोड दिदैं वाणिज्य निति २०६५ मा पुनरावलोकन गर्न जरुरी रहेको बताए । उनले नेपालको सवैभन्दा ठूलो व्यापार साझेदार भारतसंग लामो समयदेखि व्यापार घाटा कम गर्न संवाद लाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिदैं नेपाल र भारत दुवै देशमा निर्वाचित सरकार रहेको अवसरलाई सदुपयोग गर्नु पर्नेमा जोड दिए ।

चेम्बर अध्यक्ष श्रेष्ठले आर्थिक विकाशलाई साझा कार्यक्रमको रुपमा प्राथमिकताका साथ अगाडी बढाउन आग्रह गर्दै सरकारको निति कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने तथा निजी क्षेत्रबाट प्रस्तुत महत्वपूर्ण सझुावहरुको सम्वोधन हुनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?